English

नाडा अटो शो २०२५ को स्टल एलोकेसन उत्साहपूर्वक सम्पन्न



काठमाडौं, २०८२ असार १९ —बहुप्रत्याशित् नाडा अटो शो २०२५ का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ । वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।
सहभागी ब्रान्डहरूः चार पाङ्ग्रे सवारीसाधनमा दीपल, अवतार, डोंगफेंग नामी, सेरेस, टाटा, सुजुकी, टेस्ला, एओन, एक्सपेंग, रिडारा, स्काई वेल, बीवाईडी, फोटन, बीएडब्ल्यू ब्रंबी, जेवाई एयर, ब्लावल, एलएस अटो, जिनपेंग सहभागी रहेका छन्। दुई पाङग्रे सवारीसाधनमा: हीरो, रोयल इन्फिल्ड, जोन्सन, यामाहा रहेका छन् ।
हलुका व्यावसायिक सवारीसाधनमा: न्यू गोनो, डीएफएसके, डोंगफेंग, कामा, फोटन, सोकोन, सीजी केवाईसी/किंगलङ, मन्त्र, स्काईवर्थ, कैनिउ, कावेई/नाभेको, सनलङ रहेका छन्। अटो कम्पोनेन्टहरूमा: एशियन, गल्फ, डकहम्स, एटीएस एल्गी/एलगी, माफरा, म्याक्सशाइन, वेवएक्स/कुरुमा, मासिमो नेपाल, मिशेलिन, लिक्वि मोली, एसटीसी राइड/एनर्जी, सीएट टायर, जेके/गुड टायर, स्पाइसर, वल्कन, आईटीआर/एटीएफ/यूएसबी/होबे, सीवाईजी, केपीआई और कोहिनूर, मानेटेक, इलेक्ट्रिक व्हीकल चार्जर, टाटा ग्रीन, टोटल एनर्जीज, स्टड्स/एसएमके, माइक्रोबिज, होराइजन एफसीटी, एमएके, पीएलओ ४० भन्दा बढी स्टल रहेका छन्। यस संस्करणका विशेष आकर्षणहरूः
मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफे साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिनेछ ।
यस संस्करणको टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनिज रहनेछ, जसले एक नविन र गैर-प्रतिस्पर्धी उत्पादनमार्फत शोमा सहभागी हुनेछ ।
नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुका साथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।



सम्बन्धित खबरहरु

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

मंसिर १७, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ

काठमाडौं : बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको

Latest










Popular
Suggested