English

कपडाको झोलाको शिप पाउदा सहभागि खुस



कपडाको झोलाको शिप पाउदा सहभागि खुस
नेपालगञ्ज । तालिमबाट सिकेको सिपलाई ब्यवहारमा लागु गर्र्न कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुबेदीले सहभागिहरुलाई अनुरोध गरेकी छिन् । बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि आयोजना गरिएको पाँच दिने कपडाको झोला बनाउने तालिमको सामापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी कार्यवाह पमुख सुबेदीले उक्त कुरा बताएकी हुन् । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तरगत रेस्टलेस डेभलपमेन्टको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा असार ३२ गते देखी साउन ४ गते सम्म चलेको थियो । कोहलपुर नगरपालिका भित्रका बिभिन्न वडाका १४ जना महिलाहरुको सहभागिता रहेको तालिमको समापन कार्यक्रममा सहभागी चन्द्रकला लामिछानेले प्रतिक्रिया मन्तब्य राख्दै बास नेपालले आयोजना गरेको तालिमबाट छोटो समयमा भएपनि आफुहरुलाई राम्रो शिप हासिल भएको बताईन । अबको दिनमा स्थानिय सरकारले थप तालिमको ब्यवस्थापन गरिदिन अनुरोध गरिन । त्यस्तै समापन सत्रमा आफ्नो भनाई राख्दै तालिमका प्रशिक्षक गिता बिकले तालिम बाट सहभागीहरुले राम्रो झोला बनाउन सिकेको बताउँदै तालिम पश्चात व्यसायिक रुपमा लागु गर्न अनुरोध गरिन् । कार्यक्रममा कोहलपुर नगरपालिकाक वातावरण शाखा प्रमुख बिर बहादुर थापा, वडा नम्ब।र २ का कार्यवाहक अध्यक्ष तारा देबी सिंह, वास नेपालका निबर्तमान अध्यक्ष लुना बुढाथोकी, निर्देशक हेमराज भट्ट, बास नेपाल बाँके शाखा सदस्य शोभा भण्डारीको उपस्थित रहेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथिबाट सहभागी १४ जना लाई प्रमाणपत्र बितरण गरिएको थियो । तलिमका सहभागीहरुमा बिजयलक्ष्मी चन्द, सरिता कुमारी थारु, झुमा थापा, मञ्जु सुनार, पबित्रा सुनार, कौशिल्या सिंजाली, मिना कुमारी बि.सी, विषा देवकोटा,कृष्णा बस्याल, सुष्मा कुमारी थारु, बिनिता वली, निर्मला पाण्डे र सरस्वती खनाल रहेका थिए । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कुमार कार्कीले गरेका थिए ।



सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested