English

टुपीएम नुडल्सलाई भारतमा “फ्युचर फर्वार्ड स्टार ब्रान्ड”



नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार प्राप्त गरेको छ । यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको हो ।

टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै श्री वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरेका थिए । टुपीएमले आफ्नो नवीनतम दृष्टिकोण, उपभोक्ताहरूसँगको बलियो सम्बन्ध र लन्च भएदेखि नै देखाएको तीव्र वृद्धिको लागि यो सम्मान पाएको हो । आफ्ना विभिन्न स्वादिष्ट नुडल्स् तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको छ । अब टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन् ।



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested