English

हङकङका क्रियाशिल पत्रकार गुरुङ वर्ष पुरुषको उपाधिले सम्मानित



हङकङमा रहेर लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएवापत पत्रकार जगत अम्बु गुरुङलाई नेपाली आदिवासी वर्ष पुरुषको उपाधिले सम्मानित गरिएको छ । हक्की र निडर स्वभावका गुरुङले हङकङको व्यस्त जिवनशैलीका बाबजुद पनि पत्रकारितामार्फत वर्षौदेखि समाजलाई निस्वार्थ योगदान पुर्याउँदै आएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ हङकङले विश्व आदिवासी दिवसको अवसरमा आईतबार आयोजित कार्यक्रममा पत्रकार तथा समाजसेवी गुरुङलाई वर्ष पुरुषको उपाधि प्रदान गरेको हो । । एचके नेपाल डटकम लगायत हङकङ र नेपालका विभिन्न सञ्चारमाध्यममा हङकङका गतिविधिहरुको समाचार, फोटो र भिडियो सम्प्रेषण गर्दै आएका गुरुङलाई भव्य कार्यक्रमका बीच वर्ष पुरुषको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बिनु थापा मगरलाई वर्ष नारीको उपाधीले सम्मान गरियो ।

दुवैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर राना, नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोपबहादुर तामाङ लगायत विशेष अतिथिहरुले सम्मान-पत्र प्रदान गर्दै खदा र फेटा लगाईदिएका थिए । 

 विभिन्न क्षेत्रमा रहेर आदिवासी जनजाती  समुदायको हितका लागि काम गरिरहेका व्यक्तित्वहरुलाई वर्ष पुरुष र वर्ष नारीको उपाधि प्रदान गरिएको महासंघका अध्यक्ष तामाङले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested