English

हङकङका क्रियाशिल पत्रकार गुरुङ वर्ष पुरुषको उपाधिले सम्मानित



हङकङमा रहेर लामो समयदेखि पत्रकारिता मार्फत समाजमा योगदान पुर्याएवापत पत्रकार जगत अम्बु गुरुङलाई नेपाली आदिवासी वर्ष पुरुषको उपाधिले सम्मानित गरिएको छ । हक्की र निडर स्वभावका गुरुङले हङकङको व्यस्त जिवनशैलीका बाबजुद पनि पत्रकारितामार्फत वर्षौदेखि समाजलाई निस्वार्थ योगदान पुर्याउँदै आएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ हङकङले विश्व आदिवासी दिवसको अवसरमा आईतबार आयोजित कार्यक्रममा पत्रकार तथा समाजसेवी गुरुङलाई वर्ष पुरुषको उपाधि प्रदान गरेको हो । । एचके नेपाल डटकम लगायत हङकङ र नेपालका विभिन्न सञ्चारमाध्यममा हङकङका गतिविधिहरुको समाचार, फोटो र भिडियो सम्प्रेषण गर्दै आएका गुरुङलाई भव्य कार्यक्रमका बीच वर्ष पुरुषको सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा बिनु थापा मगरलाई वर्ष नारीको उपाधीले सम्मान गरियो ।

दुवैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदूत उदयबहादुर राना, नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोपबहादुर तामाङ लगायत विशेष अतिथिहरुले सम्मान-पत्र प्रदान गर्दै खदा र फेटा लगाईदिएका थिए । 

 विभिन्न क्षेत्रमा रहेर आदिवासी जनजाती  समुदायको हितका लागि काम गरिरहेका व्यक्तित्वहरुलाई वर्ष पुरुष र वर्ष नारीको उपाधि प्रदान गरिएको महासंघका अध्यक्ष तामाङले बताए ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ