English

सुनिता दुलालको ‘नबोल अरु सँग’ सार्वजनिक



‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालले मंगलबार गीत ‘नबोल अरु सँग सार्वजनिक गरेकी छन् । यसमा उनलाई चर्चित लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन् । ‘सुनिता दुलाल युटयुब च्यानल’ मार्फत सार्वजनिक गीतमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ । नेत्र अर्यालको शब्द रहेको गीतलाई खेम सेञ्चुरीले संगीतबद्ध गरेका हुन् । गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरिन् । नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको यो गीत देशविदेशका सबैलाई मनपर्ने उनले बताइन ।

दुलालका पियारी, यो रमाईलो तिजैमा, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन् । तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ । तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested