English

नेपाली आकाशमा ४१औं हेलिकप्टर दुर्घटना, ३ मिनेटमै सम्पर्क विच्छेद भएको थियो हेलिकप्टर



काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५४ मिनेटमा उडेको एयर डाइनेस्टीको हेलिकप्टर काठमाडौं नजिकै दुर्घटनामा पर्‍यो । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर रसुवाको स्याफ्रुबेसी उडेको थियो । तर, काठमाडौं टावरसँग सम्पर्क विच्छेद भएको झन्डै ४५ मिनेटपछि मात्र प्रभु एयरलाइन्सको अर्को हेलिकप्टर खोजीका लागि उडाएको पाइएको छ । नुवाकोटको शिवपुरीमा भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको छ । यसैबिच दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

यो नेपाली आकाशमा भएको ४१औं हेलिकप्टर दुर्घटना हो । पछिल्लो दुर्घटना २७ असोज २०८० का सोलुखुम्बुको लोबुचेमा मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । 



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

एसीसी पुरुष टी-२० विश्वकपको एशिया प्यासिफिक छनौट खेल्न ३२ खेलाडीको क्लोज क्याम्प शुरु भएको छ । क्लोज क्याम्पमा खेलाडीहरुले प्रशिक्षण

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ