English

छानिए एनआरएन ग्लोबल सिङ्गिङ आइडलका ५० उत्कृष्ट

विश्वभरबाट २ सय ५० प्रतियोगी सहभागी


एनआरएन ग्लोबल सिङ्गिङ आइडल, सेकेन्ड जेनेरेसन २०२१ का लागि ५० उत्कृष्ट प्रतियोगी छानिएका छन् । डिजिटल अडिसनमा विश्वभरबाट २ सय ५० प्रतियोगी सहभागी थिए ।

प्रवासमा बसेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने जमात रहेछन् भन्ने यो प्रतियोगिताले पुष्टि गरेको निर्णायक मध्येका गायक सोताङले बताए । ‘यो प्रतियोगिताले नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उनले भने ।

आइडलका निर्णायक मण्डलले सहभागीहरुको प्रस्तुतिका आधारमा उत्कृष्ट छनोट गरेका हुन् । निर्णायक टीममा गायक उदय सोताङ, गायिकाद्धय सुनिता दुलाल, प्राश्ना शाक्य र गायक विजय लामा छन् । ५० उत्कृष्ट प्रतियोगीहरूकाे नाम बुधबार घाेषणा हुनेछ ।

प्रवासमा बसेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने जमात रहेछन् भन्ने यो प्रतियोगिताले पुष्टि गरेको निर्णायक मध्येका गायक सोताङले बताए । ‘यो प्रतियोगिताले नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उनले भने ।

एनआरएनए मध्यपूर्व क्षेत्रिय युवा विभागले आयोजना गरेको यो प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख र पाँचौले ५० हजार पुरस्कार पाउने एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले बताए ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको यस गायन प्रतियोगिताको डिजिटल अडिसनबाट उत्कृष्ट प्रतियोगी छनोट गरिएको निर्णायक मण्डलकी सदस्य गायिका सुनिता दुलालले बताइन् ।

डिजिटल अडिसनबाट छनोट भएकाहरुले ओपनिङ राउन्डमा प्रस्तूति दिनेछन् । भर्चुअलमार्फत् वैशाख ३१ (१४ मे २०२१) बाट सुरु हुने उक्त ओपनिङ राउन्ड अन्तरा, सारेगम र पियानो गरी तीन चरणको हुनेछ । सोही प्रस्तुतिको आधारमा निर्णायकहरूले ४० जना छनोट गरी सारेगम राउन्डमा लैजानेछन् ।

त्यसपछि उत्कृष्ट ३० जनाले पियानो र गाला राउन्डमा प्रस्तुति दिनेछन् । गाला राउन्डबाट उत्कृष्ट १५ प्रतियोगी ग्रान्ड फिनालेमा प्रवेश गर्नेछन् ।
जेठ ७ (२१ मे) मा हुने ग्राण्ड फिनालेमा उत्कृष्ट ५ जनाबाट एनआरएन ग्लोबल सिङ्गिङ आइडल छानिनेछ । एनआरएनए मध्यपूर्व क्षेत्रिय युवा विभागले आयोजना गरेको यो प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख र पाँचौले ५० हजार पुरस्कार पाउने एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested