English

छानिए एनआरएन ग्लोबल सिङ्गिङ आइडलका ५० उत्कृष्ट

विश्वभरबाट २ सय ५० प्रतियोगी सहभागी


एनआरएन ग्लोबल सिङ्गिङ आइडल, सेकेन्ड जेनेरेसन २०२१ का लागि ५० उत्कृष्ट प्रतियोगी छानिएका छन् । डिजिटल अडिसनमा विश्वभरबाट २ सय ५० प्रतियोगी सहभागी थिए ।

प्रवासमा बसेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने जमात रहेछन् भन्ने यो प्रतियोगिताले पुष्टि गरेको निर्णायक मध्येका गायक सोताङले बताए । ‘यो प्रतियोगिताले नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उनले भने ।

आइडलका निर्णायक मण्डलले सहभागीहरुको प्रस्तुतिका आधारमा उत्कृष्ट छनोट गरेका हुन् । निर्णायक टीममा गायक उदय सोताङ, गायिकाद्धय सुनिता दुलाल, प्राश्ना शाक्य र गायक विजय लामा छन् । ५० उत्कृष्ट प्रतियोगीहरूकाे नाम बुधबार घाेषणा हुनेछ ।

प्रवासमा बसेर पनि नेपाली गीत–संगीतलाई माया गर्ने जमात रहेछन् भन्ने यो प्रतियोगिताले पुष्टि गरेको निर्णायक मध्येका गायक सोताङले बताए । ‘यो प्रतियोगिताले नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउन टेवा पुर्याउने विश्वास लिएको छु,’ उनले भने ।

एनआरएनए मध्यपूर्व क्षेत्रिय युवा विभागले आयोजना गरेको यो प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख र पाँचौले ५० हजार पुरस्कार पाउने एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले बताए ।

‘नेपाली कला संस्कृति संरक्षण र पहिचान एनआरएनए दोस्रो पुस्ताको अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको यस गायन प्रतियोगिताको डिजिटल अडिसनबाट उत्कृष्ट प्रतियोगी छनोट गरिएको निर्णायक मण्डलकी सदस्य गायिका सुनिता दुलालले बताइन् ।

डिजिटल अडिसनबाट छनोट भएकाहरुले ओपनिङ राउन्डमा प्रस्तूति दिनेछन् । भर्चुअलमार्फत् वैशाख ३१ (१४ मे २०२१) बाट सुरु हुने उक्त ओपनिङ राउन्ड अन्तरा, सारेगम र पियानो गरी तीन चरणको हुनेछ । सोही प्रस्तुतिको आधारमा निर्णायकहरूले ४० जना छनोट गरी सारेगम राउन्डमा लैजानेछन् ।

त्यसपछि उत्कृष्ट ३० जनाले पियानो र गाला राउन्डमा प्रस्तुति दिनेछन् । गाला राउन्डबाट उत्कृष्ट १५ प्रतियोगी ग्रान्ड फिनालेमा प्रवेश गर्नेछन् ।
जेठ ७ (२१ मे) मा हुने ग्राण्ड फिनालेमा उत्कृष्ट ५ जनाबाट एनआरएन ग्लोबल सिङ्गिङ आइडल छानिनेछ । एनआरएनए मध्यपूर्व क्षेत्रिय युवा विभागले आयोजना गरेको यो प्रतियोगिताको विजेताले ७ लाख, दोस्रोले ४ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख र पाँचौले ५० हजार पुरस्कार पाउने एनआरएनए मध्यपूर्व युवा समिति संयोजक राज रेग्मीले बताए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,