English

हङकङ र वि विल राइजबाट पोखरा म्याराथनलाई ५ लाख सहयोग



वि विल राइज फाउन्डेसनका संस्थापक अध्यक्ष एवं तेक्वान्दो ग्रान्ड मास्टर तुलसीकुमार गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि नगद ५ लाख सहयोग हस्तान्तरण गरेका छन्। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका आजीवन सदस्य समेत रहेका गुरुङले वि विल राइज फाउण्डेसनको तर्फबाट नगद २ लाख र हङकङस्थित नेपाली दाजुभाइबाट संकलित नगद ३ लाख गरी कुल ५ लाख नगद सहयोग हस्तान्तरण गरेका हुन्।

गुरुङले हस्तान्तरण गरेको उक्त रकम १८ औं सस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत प्रथम पुरस्कार राशीका लागि रहेको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिएका छन्। सोही अवसरमा सहारा क्लब हङकङका अध्यक्ष दिपक गुरुङ र प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार एवं समाजसेवी सुनिल गुरुङलेसमेत नगद ५/५ हजार सहयोग प्रदान गरेका छन्।

सहयोग रकम हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष गुरुङले आयोजकले अब सम्पूर्ण ध्यान पोखरा म्याराथन सफल बनाउन तर्फ केन्द्रित गर्नु पर्ने बताए। उनले पोखरालाई अब लिने मात्रै नभई दिने पनि बनाउन सक्नुपर्ने कुरा औंल्याउँदै पोखरा म्याराथनमा सुरक्षाको विषय प्रमुख रहेको बताए। नेपाललाई नै अब खेलकुदको माध्यमबाट ‘फिट’ राख्नुपर्ने कुरा औंल्याउँदै तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षकसमेत रहेका गुरुङले आफूले सोही उद्धेश्य अनुरुप पोखरामा फिट नेपाल परियोजना सञ्चालन गर्ने तयारी गरिरहेको बताए। मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले सहयोगप्रति आभार व्यक्त गर्दै विदेशमा बस्ने नेपालीहरु दाजुभाइको सहयोगले पोखरा म्याराथनलाई सहजरुपमा सञ्चालन गर्न सहयोग पुगेको बताए।

तस्विरः सुदर्शन रञ्जित



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested