English

विवाइडीले जोड्यो एघार ठाउँमा डिसी फास्ट चार्जर



विवाइडी नेपालका लागि आधिकारिक वितरक सिमेक्स इङ्कले देशका मुख्य एघार स्थानहरुमा डिसी फास्ट चार्जर जडान गरेको छ । नयाँ जडित चार्जर देशका मुख्य सहर, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएका छन् । यी चार्ज हरु मध्ये दस चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर ६० किलोवाट रहेको कम्पनीले जनाएको छ ।

सिमेक्सले पहिलेनै विभिन्न स्थानमा जडान गरेका ४० किलोवाटका १४ फास्टचार्जर नेटवर्कलाई थप विस्तार गरेको हो । यी चार्जिङ पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने प्रतिबद्धतालाई अझै स्पष्ट पारेको कम्पनीको दाबी छ ।

चार्जिङ स्टेसन भएको ठाउँहरु बारे कम्पनीको वेबसाइट http://cimex.com.np/charging–stations मार्फत जानकारी लिन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested