English

चितवनमा देखिएको ‘तनकम्प खञ्जरी’ जोडी



पछिल्ला केही वर्ष यता चितवनबाट देखिन छाडेको तनकम्प खञ्जरी (हड्सन रेड्स्टार्ट) चिसो सुरु भए लगत्तै देखिए थालेपछि बर्ड फोटोग्राफी गर्नेहरुमा खुशी छाएको छ । पछिल्लासमय निरन्तर देखिदै आएका चराहरु देखिन छाडेका छन् । यसले गर्दा चरा पाखरीहरुको मन पिरोलिन थालेको छ । केहीदिन अघिमात्र तनकम्प खञ्जरीको तस्बिर खिचेका फोटोग्राफर मिलन तामाङले खुशी व्यक्त गर्दै मेरोलाइफस्टाइललाई यि तस्बिर पठाएका हुन् ।

मिलनले चितवनको पूर्वी भेगमा तनकम्प खञ्जरीको पोथी र अर्का फोटोग्राफर चुडामडि चौधरीले भालेको तस्बिर खिचेका हुन् । सामान्यतया कहिले पोथी र कहिले भालेमात्र देखिदै आएको भएपनि यसपटक दुईवटै देखिएको मिलनले बताए । हेर्दा आकर्षक देखिने यो चरा पहाडी र मनाङ लगायतका उच्च भेगमा पनि पाइने गर्छ । हेर्दा आकर्षक लाग्ने तनकम्प खञ्जरी खेत, घाँसे मैदान, खुला जंगल र नदी किनारमा देख्न सकिन्छ ।

तस्बिर : मिलन तामाङ/चुडामडि चौधरी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

काठमाडौं, ५ चैत्र : वल्र्ड रिसाइक्लिङ डे को अवसर पारेर खालिसिसी ले कोका–कोला बेभरेजेज नेपालसँगको सहकार्यमा फोहोर सङ्कलक महिलाका बालबालिकाका

विश्व टेक बजारमा फरक डिजाईन, प्रिमियम प्रोडक्ट र एफोर्डेबल प्राईसिङका कारण निक्कै पृथक छवि बनाउन सफल नथिङ स्मार्टफोनले नेपाली बजारमा

काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नामक नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने पहिलो कार्यक्रम