English

ज्योतिको ल्होसार कोसेली : आयो तमु ल्होसार



गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै आएकी ज्योतिले नियमित गीतसंगीत लेखन तथा उत्पादन गर्दै आएकी छन् । नेपालमा मात्र नभएर विश्वभर रहेका गुरुङ समुदायले हर्षोल्लाषका साथ तमु ल्होसार पर्व मनाउने गरेका छन् । ल्होसारको दिन बिहानदेखि नै ढोगभेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

तीलक बहादुर गुरुङ र आशा गुरुङको स्वर रहेको गीतमा सिम्पल गुरुङ, रमा लिम्बू लगायतको अभिनय छ । तीलक गुरुङले संगीतबद्ध गरेको गीत प्रभु गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा महिला कलाकारहरु गुरूङ पहिरन शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो लगाएर सजिएका छन् भने पुरुष टोपी, भोटो, भाङ्ग्रो, कछाड पटुकीमा सजिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested