English

भारतीय चर्चित गीतकार समीर अन्जान नेपालमा सम्मानित



भारतीय प्रसिद्ध गीतकार समीर अन्जानको शनिबार एक समारोहका बीच अभिनन्दन गरिएको छ । गीतकार संघ नेपाल र श्री लुनकरणदास गंगा देवी चौधरी साहित्यकला मन्दिरद्वारा सयुक्त रुपमा उनलाई सम्मानित गरिएको हो । चार सय हिन्दी सिनेमाका करिब छ हजार गीत लेखिसकेका गीतकार अन्जान पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । समारोहमा गीतकार बसन्त चौधरीले अन्जानको सिनेमा, साहित्य र लेखनबारे अन्जानको योगंदानको चर्चा गरेका थिए । कार्यक्रममा गीतकार एसपी कोइराला, राजेन्द्र थापा, रमण घिमिरे, करुण थापा, भोला रिजाल, संगीतकार दिपक जंगम, शम्भुजित बाँस्कोटा , राजु सिंह, लक्ष्मण शेष, साहित्यकार उषा शेरचन लगायतहरु गीतकार, संगीतकार, साहित्यकारहरुको उल्लेखनीय उपस्थिती थियो ।
आशिकी, बढे मिया छोटे मिया, राजा हिन्दुस्तानी, कुछ कुछ होता है, क्रिस, धूम लगायत सिनेमाका बहुचर्चित गीत यिनैले लेखेका हुन् । उनी प्रतिष्ठित फिल्मफेयर अवार्ड बाट पनि सम्मानित भइसेकका छन् । अन्जानको नाम गिनिज वर्ल्ड रेकर्डस् मा दर्ज छ ।

तस्विर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested