English

परदेशी–२ माल्टामा प्रर्दशन हुँदै



चलचित्र परदेशी–२ युरोपेली मुलुक माल्टामा प्रर्दशन हुने भएको छ । नोभेम्बर २५ र २६ मा उक्त चलचित्र ग्यालेरिया सिनेमा एफगुरामा प्रर्दशन हुने भएको हो । माल्टास्थित ब्लु हर्ष इन्टरटेन्मेन्टले काठमाडौँस्थित राइज मिडिया नेटवर्कको सहकार्यमा फिल्म प्रर्दशन गर्न लागेको हो । सो–सम्बन्धी बिहिबार सम्झौता गरिएको छ । सम्झौता कार्यक्रममा परदेशी चलचित्रका निर्देशक नारायण रायमाझी, निर्माता राजेश बंशल र राइज मिडियाका तर्फबाट संस्थाकी निर्देशक एवं लोकगायिका सुनिता दुलाल तथा प्रशासन प्रमुख अशोक गुरुङ उपस्थित थिए ।

चलचित्रले देशप्रतिको आशा, समाजप्रतिको अपेक्षा, बुवाआमाप्रति छोराछोरीको दायित्व के हो भन्ने कुरालाई जीवन्त ढंगले उजागर गरेको छ । विदेशमा बस्नेहरूले कस्तो जिन्दगी भोगिरहेका छन् । हाम्रो नेपाली समाज, मूल्य, मान्यता, संस्कृति, र देश विकासको जनअपेक्षा समेत चलचित्रले उठान गरेको छ ।

बर्षौदेखि, परदेशीनु नेपालीहरुको नियति नै बनिसकेको छ। त्यही नियतिको कथालाई परदेशी-२ चलचित्रले पर्दामा उतारेको छ। दुई घण्टा २० मिनेट लामाे चलचित्रको अधिकांश कथा र पात्रको भोगाइले दर्शकलाई मनोरंजन सँगै पटक–पटक भावुक बनाउँछ । गोर्खा पल्टन र परदेशी चलचित्र मार्फत नेपाली दर्शकको नाडी छामिसकेका निर्माता निर्देशक नारायण रायमाझीले नेपाली दर्शकको मनभित्रको कारुनिकतालाई पर्दामा उतारेका छन्।

चलचित्रमा प्रकाश सपुत, केकी अधिकारीसँगै वर्षा शिवाकोटी, दिलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, सबिन बास्तोला, रमा थपलिया, देवेन्द्र बब्लु, सुशिल पोख्रेल, रोशनी कार्की लगायतको अभिनय छ। चलचित्रको कथा रमेश बिजीले लेखेका हुन्। चलचित्रमा बीबी अनुरागी र नारायण रायमाझीले संगीत दिएका छन् भने निर्माण राजेश वंशल र निर्देशन नारायण रायमाझीको छ।

चलचित्र बारे थप जानकारीका लागि ब्लु हर्ष ईन्टरटेन्टमेन्टका संयोजक डि.एस.राणालाई ९९९६ ९०३४ मा सम्पर्क गर्न सकिनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested