English

मायुलको ‘आन्टीकी छोरी’ दर्शकलाई दसैं उपहार

मायुल गायक घमेश दुलालका छोरा र सुनिता दुलालका भदा हुन् ।


गायक मायुल दुलालले ‘आन्टीकी छोरी’ बोलको गीत सार्वजनिक गरेका छन् । आर एन्ड बी शैलीको गीतमा एञ्जल राईले गायक दुलाललाई अभिनयमा साथ दिएकी छन् । कार्टुन क्रुजको टिममा देखिदै आएकी एञ्जल सामाजिक सञ्जालमा चर्चित छिन् । आन्टीको मुख्य पात्रमा लक्ष्मी जोशीले अभिनय गरेकी छिन् । भने उनलाई अमिका क्षेत्रीले साथ दिएकी छन् ।

घटस्थापनाको दिन सार्वजनिक गीतको लेखक र संगीतकार समेत उनी आफै हुन् । मायुलको यो पहिलो सार्वजनिक गीत हो । बहुचर्चित लोकदोहोरी गीत ‘झम्के फुली’, ‘दमौलीमा गेट’, ‘चागुँ नारायण थान’, ‘कोठी गालैमा’ जस्ता लोकप्रिय गीतका गायक घमेश दुलाल मायुलका बुबा हुन् । गायिका सुनिता सुनिता दुलाल उनको फुपु हुन । पारिवारिक वातावरण लोक गीतसंगीतमय भएपनि उनको झुकाव भने ¥याप, आर एन्ड बी, एस्थेटिकमा छ । यसो किन त ? सुरु–सुरुमा लोकगीत गाउन मन भएपनि आफ्नो स्वर अन्य विधाका गीतका लागि उपयुक्त हुने ठानेको उनी बताउछन् ।

राइज मिडिया नेटवर्कको प्रस्तुति आन्टीकी छोरीको कार्यकारी निर्देशक सुब्रत आचार्य हुन् । भने भिडियोलाई साइब्रत आचार्यले निर्देशन गरेका हुन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोको सम्पादन सिमोन लामा (किरण), कलर बिजेश पौडेल र कोरियोग्राफी सम्पन्नता विन्दिकारले गरेकी हुन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

Latest










Popular
Suggested