English

डब्लुएचओ दक्षिण एसियाली छेत्रीय निर्देशकका उम्मेदवार डा. शम्भु आचार्यको प्रतिद्वन्दी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी



विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) दक्षिण एसियाली छेत्रीय निर्देशकमा डा. शम्भु आचार्यले उम्मेदवारी दिएका छन् । उनको प्रतिद्वन्दी सायमा वाजिद रहेकी छिन् । उनी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन् । उनको उम्मेदवारीबारे जानकारी दिन आइतबार पत्रकार सम्मेलनको आयोजना गरियो । स्वास्थ्य छेत्रका विभिन्न बिज्ञहरुको उपस्थिती रहेको कार्यक्रममा उनीहरुले आचार्यप्रति समर्थन जनाउँदै उनका बारे आफ्ना विचार समेत पोखे । आफ्नो क्षमता अनुसार उत्कृष्ट काम गरेर पेशागत दक्षता प्रमाणित गरेका मध्ये डाक्टर आचार्य पनि भएको सहभागीहरुको भनाई थियो ।

आगामी ३१ अक्टोबरमा डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकका लागि निर्वाचन हुँदैछ । यसअघि सर्वसम्मत नेतृत्व चयन हुँदै आएकोमा यसपटक यो क्षेत्रका ११ वटामध्ये दुईवटा मुलुक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

उनको उम्मेदवारीलाई समर्थन गर्दै प्रोफेसर डाक्टर रिता थापा, डाक्टर बद्रिराज पाण्डे, विश्व पराजुली , कनकमणि दिक्षितले उहाँको योग्यता र कार्यदक्षताको बारे गरेका प्रशंसनीय कार्य बारे सम्मेलनमा उल्लेख गरिएको थियो । डा. आचार्यको बंगलादेशी प्रतिद्वन्दी सायमा प्रधानमन्त्रीकी छोरी भएका कारण उनले नजिता आफ्नो पक्षमा पार्न अनुचित तवरले प्रचारप्रसार गरेको बारे समेत चर्चा गरिएको थियो । उक्त पत्रकार सम्मेलनको केही दृश्यहरु ।

तस्विर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested