English

बारबरा अडम्स फाउन्डेसनको आयोजनामा ‘स्टोलेन इमेज अफ नेपाल’ (फोटो फिचर)



बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली सम्पदाको अहिलेसम्म चोरी भएको र फिर्ता आएको बारेमा छलफल भएको थियो । नेपालमा हालसम्म कति चोरी भएको र कति भेटिए भन्ने विशेष छलफल भयो ।

उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद स्वर्णिम वाग्ले, बारबरा फाउन्डेसनका अध्यक्ष सन्दुक रूइत, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्त्व विभागको महानिर्देशक सौभाग्य प्रधानाङ्ग, पुरातत्वविद रमेश ढुङ्गेललगायतको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै सांसद स्वर्णिम वाग्लेले नेपालको मूर्ति संरक्षण र चोरी भएको मूर्ति फिर्ता लिनको लागि भूमिका खेल्ने बताए । आवश्यक सहयोग र समन्वय गर्ने उनले बताए । ललितपुर महानगरका मेयर महर्जनले नेपालबाट चोरी भएको मूर्ति फिर्ता लिनको आफूले सहयोग गर्ने बताए । उनले त्यस्ता मूर्ति फिर्ता लिनको लागि संघ सरकार र कूटनीतिज्ञहरूको सहयोग चाहिने बताए ।

पुरातत्त्वविद् ढुङ्गेलले चोरी भएको मूर्ति फिर्ता लिनको लागि यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तो खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । विभाग महानिर्देशक सौभाग्य प्रधानाङ्गले मूर्ति संरक्षणको आफू इमानदार भएर लाग्ने बताए ।

तस्बिर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested