English

फरक क्षमता भएका बालबालिका सहयोगार्थ ‘वरदान सुर–सन्ध्या’



सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना गरियो । उक्त रमाईलो र रोचक कार्यक्रममा सहभागी हुने क्रममा प्रख्यात अभिनेत्री मनिषा कोइरालाले नेपाली सेनाको योगदान बारे प्रस्तुति दिइन । नायिका करिश्मा मानन्धर, स्वस्तिमा खड्का, प्रदिप खड्काको नृत्यले दर्शकलाई निकै मनोरंजन प्रदान गरेको थियो ।

गायकहरु प्रकाश सपुत, इन्दिरा जोशी, शिवानी मोक्तान, कर्ण दास, स्वप्न सुमन लगायतले समेत दर्शकलाई मोहित बनाए । मनोज गजुरेलको कमेडी दर्शकका लागि बेग्लै खुराक बन्यो । मिस नेपाल रुबी राना लगायतले फरक क्षमताका बालबालिकासँग स्टेजमा प्रस्तुति दिएका थिए । उक्त समारोहमा सैनिक ब्याण्ड र शार्दुल्जंग गुल्मका बाध्यवादक हरुले प्रस्तत गरेको रोचक सांगीतिक प्रस्तुतिले दर्शकहरुलाई रोमाञ्चक बनाएको थियो ।

करिब साढे दुई घन्टाको मनोरंजनात्मक कार्यक्रमको संचालन सुगारिका केसी र संजय गुप्ताले गरेका थिए । कार्यक्रमको कन्सेप्ट डिरेक्टर एलिस कार्की र कोरियोग्राफी भावना कार्कीले गरेका थिए । फरक क्षमता भएका बालबालिकाको शिक्षामा पहुँच बढाउने कार्यको थालनीमा सैनिक श्रीमती संघले उल्लेखनीय योगदान सहभागी सबैले मुक्तकंठले प्रशंसा गरे ।

तस्बिर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested