English

मनी प्लान्ट रोप्दा नगर्नुहोस् यी गल्ती



धेरै मानिसहरू रूख र बोटबिरुवाले घर सजाउँछन् । रुख तथा बोटबिरुवाले घरको सौन्दर्य बढाउनुका साथै आर्थिक अवस्था पनि मजबुत बनाउँछ । केही रुख र बिरुवाहरू छन् जसले घरमा धन बढाउँछ। मनी प्लान्ट ती मध्ये एक हो । मान्यता अनुसार जुन घरमा मनी प्लान्ट हुन्छ, त्यस घरमा सदा लक्ष्मीको कृपा रहन्छ । तर वास्तु शास्त्रमा मनी प्लान्ट रोप्ने केही नियम दिइएको छ । यदि यी वास्तु नियम अनुसार मनी प्लान्ट रोप्नु भएन भने घरमा धनसम्बन्धी समस्या आउन सक्छ ।

उत्तर–पूर्व दिशामा बिरुवा रोप्नु हुँदैन

दिशाको महत्त्व वास्तु शास्त्रमा व्याख्या गरिएको छ । त्यसैले उत्तर–पूर्व दिशामा मनी प्लान्ट कहिल्यै लगाउनु हुँदैन । जसका कारण घरपरिवारका सदस्यहरूलाई आर्थिक समस्याको सामना गर्नु पर्नेछ ।

ड्राई मनी प्लान्ट

यसबाहेक घरमा ड्राई मनी प्लान्ट कहिल्यै लगाउनु हुँदैन । यदि यसको पातहरू सुक्यो वा पहेँलो भयो भने, तिनीहरूलाई तुरुन्तै घरबाट हटाउनुहोस् । घरमा सुख्खा मनी प्लान्ट राख्दा अशुभ हुन्छ ।

मनी प्लान्टको हाँगाले जमिन छुनु हुँदैन

वास्तु शास्त्रका अनुसार मनी प्लान्ट जति बढ्दै जान्छ, त्यति नै मानिसको उन्नति पनि हुन्छ । तर मनी प्लान्टको हाँगाले जमिनलाई कहिल्यै छुनु हुँदैन भन्ने कुरामा ध्यान दिनुहोस् । यसको हाँगा जमिनमा खस्यो भने धन हानि हुन सक्छ ।

घरबाहिर मनी प्लान्ट लगाउनु हुँदैन

मनी प्लान्ट घर बाहिर कहिल्यै लगाउनु हुँदैन । मनी प्लान्टमा बाहिरी व्यक्तिको नजर परेमा मनी प्लान्टको वृद्धि रोकिन्छ र परिवारका सदस्यको आर्थिक अवस्था पनि प्रभावित हुने जनविश्वास छ । त्यसैले घरमा सधैँ मनी प्लान्ट लगाउनुपर्छ ।

मनी प्लान्टको कारोबार नगर्नुहोस्

यसबाहेक मनी प्लान्टको कारोबार गर्नु हुँदैन । मान्यताका अनुसार यसले शुक्रलाई क्रोधित बनाउँछ र व्यक्तिले आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ । मनी प्लान्ट कसैलाई दिएमा सुख र समृद्धि हराउन सक्छ ।

यो पनि…
वास्तु शास्त्रअनुसार मनी प्लान्ट यसरी रोप्नुहोस्
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,