English

घरमै यसरी बनाउनुहोस् ठेकुवा



ठेकुवा मिथिला समुदायको स्थानीय खाने परिकार हो । यसलाई छठ पर्वमा विशेष प्रयोग गरिन्छ । यो गहुँको पिठो र सख्खर मिलाएर बनाइन्छ । छठीमाईलाई मनपर्ने परिकारको रुपमा अर्घ्यमा ठेकुवा अनिवार्य समावेश गरिने जनकपुरकी पूजा अधिकारी बताउँछिन् ।

उनका अनुसार ठेकुवालाई छठीमाईको प्रसादको रुपमा खाने र खुवाउने चलन छ । विशेषता छठमा यो परिकार खाने भए पनि कोरोनाको दोस्रो लहरमा सरकारले गरेको १५ दिने निषेधाज्ञामा परिवारसँग बसेर पनि खान सकिन्छ ।

पूजा अधिकारीले दिएको जनकारी अनुसार यसरी बनाउन सकिन्छ ठेकुवा
आवश्यक सामग्री

– दुईसय ग्राम गहुँको पिठो
– तीनसय ग्राम सख्खर
– पानी आवश्यक अनुसार
– इच्छा अनुसार नरिवल, किसमिस

बनाउने विधि

– सख्खर र पानी घोल्नुहोस् ।
– घोलेको पानी चिया छान्नेले छान्नुहोस् ।
– घोलीसकेको पानीले गहुँको पिठो समान्य रोटी पकाउँदा पिठो मुछे जस्तै मुछ्नुहोस् ।
– तयार भएको पिठोलाई हातले वा बेलेर रोटी जस्तै तर लामो अकार बनाउनु होस् ।
– यसरी बनाएको काँचो ठेकुवा तेलमा खेरौ नहुँदासम्म तार्नुहोस् ।
– अब ठेकुवा खानलाई तयार भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested