English

घरमै यसरी बनाउनुहोस् ठेकुवा



ठेकुवा मिथिला समुदायको स्थानीय खाने परिकार हो । यसलाई छठ पर्वमा विशेष प्रयोग गरिन्छ । यो गहुँको पिठो र सख्खर मिलाएर बनाइन्छ । छठीमाईलाई मनपर्ने परिकारको रुपमा अर्घ्यमा ठेकुवा अनिवार्य समावेश गरिने जनकपुरकी पूजा अधिकारी बताउँछिन् ।

उनका अनुसार ठेकुवालाई छठीमाईको प्रसादको रुपमा खाने र खुवाउने चलन छ । विशेषता छठमा यो परिकार खाने भए पनि कोरोनाको दोस्रो लहरमा सरकारले गरेको १५ दिने निषेधाज्ञामा परिवारसँग बसेर पनि खान सकिन्छ ।

पूजा अधिकारीले दिएको जनकारी अनुसार यसरी बनाउन सकिन्छ ठेकुवा
आवश्यक सामग्री

– दुईसय ग्राम गहुँको पिठो
– तीनसय ग्राम सख्खर
– पानी आवश्यक अनुसार
– इच्छा अनुसार नरिवल, किसमिस

बनाउने विधि

– सख्खर र पानी घोल्नुहोस् ।
– घोलेको पानी चिया छान्नेले छान्नुहोस् ।
– घोलीसकेको पानीले गहुँको पिठो समान्य रोटी पकाउँदा पिठो मुछे जस्तै मुछ्नुहोस् ।
– तयार भएको पिठोलाई हातले वा बेलेर रोटी जस्तै तर लामो अकार बनाउनु होस् ।
– यसरी बनाएको काँचो ठेकुवा तेलमा खेरौ नहुँदासम्म तार्नुहोस् ।
– अब ठेकुवा खानलाई तयार भयो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,