English

थेग्नै नसक्ने गरी फैलियो कोरोनाः स्वास्थ्य मन्त्रालय



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण फैलिएको भन्दै आमनागरिकलाई संवेदनशील बन्न आग्रह गरेको छ । २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिएकाले मन्त्रालयले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली कञ्चनपुर लगायतका जिल्ला कोरोनाको हटस्पट बनेको छ । यी जिल्लाहरुमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न र बेड उपलब्ध गराउन नसकिने अवस्था सिर्जना भएको मन्त्रालयको भनाई छ ।

त्यसैले संक्रमण रोकथाममा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न, देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहिँ कतै जाने कामहरु पूर्ण रुपमा बन्द गर्न र भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested