English

निषेधाज्ञापछि यस्तो छ पोखराको अवस्था



कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले मुख्य सहरमा निषेधाज्ञा गरेको छ । कास्कीमा पनि संक्रमितको संख्या बढेकाले यही १५ देखि २१ सम्म निषेधाज्ञा जारी गरिएको छ ।

जारी निषेधाज्ञाका कारणले खाद्यान्न, तरकारी, फलफूल, कुखुरा, पशुपंक्षीको दाना र औषधी ढुवानी गर्ने गाडी, दमकल, एम्बुलेन्स, शव बाहन र अत्यावश्यक मालबाहक गाडी सञ्चालनमा छन् । यी बाहेक निजी र सार्वजनिक सवारी साधनमा जोर बिजोर नियम लागू गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । उनका अनुसार गतेका आधारमा सवारी साधनमा जोर र विजोर लागू छ । यसैगरी खाद्यान्न पसलहरु विहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन रहेको छ र अन्य पसल बन्द छ ।

कास्कीमा निषेधाज्ञाको नियम उल्लङ्घन गर्ने २ सय ३० भन्दा बढी दुई र चार पांग्रे सवारी साधन नियन्त्रणमा लिएको हमालले जनाए । यसरी नियन्त्रणमा लिएका सवारी साधनलाई दिनभरी होल्ड गरी साँझ छोडेको हो । ‘सय भन्दा बढी पसल कारवाहीमा परी बन्द गरिएको छ । नियम पालन नगरे भोलिदेखि नियम संक्रामक ऐन २०२० अनुसार कारबाही गछौँ’ उनले भने ।

पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण, माछापुच्छे« गरी चार वटा गाउँपालिकामा निषेधाज्ञा जारी छ । यही २१ गतेसम्म निषेधाज्ञा जारी भएपनि हप्तादिनसम्म लम्बिन सक्ने डिएसपी हमालको भनाइ छ ।

निषेधाज्ञा जारी भएपछि जनजीवनमा असर परेको व्यवसायी विन्दु गहतराज बताउँछिन् । उनी भन्छिन्, ‘स्थिती गाह्रो छ, पसलहरु सबै ठप्प छ , हस्पिटल जान र आवश्यक काम परेर बाहिर निस्किन समस्या परेको छ । ’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested