English

विश्व रेकर्ड तोड्न कालापत्थरमा गौतम र त्रितालको कमेडी



जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ ! यो सर्वमान्य भनाई हो । हाँसेरै जीन्दगी बिताउने चाहना सबैको हुन्छ । अर्को कुरा हाँस्नु स्वास्थ्यका लागि फाईदाजनक मानिन्छ । त्यसो त नेपालमा हाँस्ने र हसाउने थुप्रै कार्यक्रम र समूह सक्रिय छन् । आफ्नै पारामा हाँस्य व्यङ्ग्यमा ठाडो शैलीलाई समातेर नेपाली युवापुस्तामाझ लोकप्रिय बनेको समूह हो– नेपग्याजम कमेडी ।

‘प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले सोलुखुम्बुको सगरमाथास्थित कालापत्थरमा स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएको छ । साथै, विश्व कीर्तिमानी कायम गर्ने लक्ष्य पनि लिएको छ ।
यो जमिनमा सर्वाधिक उचाईमा गर्न लागिएको स्ट्याण्डअप कमेडी शो हो ।

नेपाल र यहाँको स्ट्याण्डअप कमेडीलाई विश्वसामु चिनाउने उद्धेश्यले यो शोको आयोजना गरिएको नेपग्याजमका संस्थापक निर्देशक ज्ञानेन्द्र राज मिश्र बताउँछन् । ‘यो शो गर्ने योजना दुई वर्ष पहिला देखिकै भएपनि कोरोना र लकडाउनले गर्न पाएका थिएनौँ,’ उनले भने, ‘अब सबैको साथ र सहयोग मिलेमा सफल हुनेछौँ ।’

कालापत्थरमा एक घण्टामात्र सञ्चालित हुने यो शोमा नेपग्याजमका संस्थापक कलाकारद्धय उमेशकुमार गौतम (यूकेजी) र लेखमणी त्रिताल (रमेश अंकलको छोरो) ले ३०–३० मिनेटको प्रस्तुति दिनेछन् । उनीहरुले स्वस्थ र मनोरञ्जनात्मक सामग्री समेटिएको कमेडी प्रस्तुत गर्ने नेपग्याजमका संस्थापक निर्देशक शरद श्रेष्ठ बताउँछन् । ‘नेपालको कमेडी हाइलेभलसम्म पुगिसकेको छ, त्यसैले स्ट्याण्डअप कमेडीबाट पनि सकेजति अहिलेको टिनएजलाई बाटो देखाउने हाम्रो चाहना र उद्धेश्य हो,’ श्रेष्ठले भने ।

कार्यक्रममा सामाजिक परिवेश, मान्छेको जीवनशैली, सामाजिक सचेतना र अहिलेको युवापुस्तालाई समेटिने विषयवस्तूहरु प्रस्तूत हुनेछन् । २० वैशाखमा हुने उक्त कार्यक्रममका लागि नेपग्याजमको ८ जनाको टोली सिम्रिक एयरको हेलिकप्टरमार्फत कालापत्थर पुग्छन् ।

विश्वकै अग्लो ठाउँबाट प्रस्तुति दिनु नेपाल र नेपालीको लागि गौरवको कुरा भएको कलाकार गौतम बताउँछन् । ‘विश्वमा नेपाल र नेपालको स्ट्याण्डअप कमेडीलाई चिनाउने अवसर पाउनु नै हाम्रो लागि ठूलो कुरा हो, उनले भने, यसमा झनै सारा नेपालीहरुको साथ र सहयोग मिलेको छ, जो हाम्रा लागि अक्सिजन सावित भएको छ ।’

आफ्नै देशबाट विश्वमा स्ट्याण्डअप कमेडीलाई चिनाउने अवसर पाउनुले आफूमा झनै आत्मविश्वास बढेको उनले बताए ।

त्यस्तै अर्का कलाकार त्रिताल पनि रेकर्ड राख्ने अवसर पाएको र यसमा आफ्ना साथीभाईहरुले दिएको हौसलाले उर्जा थपिएको बताउँछन् । मेरो लाइफस्टाइसँग कुराकानी गर्दै उनले भने, ‘साथीहरुले दिएको हौसला नै सफलताका लागि दिइएको ठूलो औषधि हो ।’

नेपालको हाँस्य बिधालाई अघि लिएर बढाउनका लागि यसले ठूलो भूमिका खेल्ने उनी बताउँछन् । ‘कमेडीलाई अघि बढाउन र यसमा सफल हुन हामीलाई सबैको माया र साथको खाँचो छ,’ त्रितालले भने ।

‘हाइएष्ट अल्टिच्युड स्ट्याण्ड अप कमेडी शो गिग अन ल्याण्ड’ शीर्षकमा विश्वकीर्तिमानीका लागि यो आयोजना गर्न लागिएको हो । कार्यक्रमको मुख्य प्रायोजन अष्ट्रेलियास्थित अल्टिमेट इन्स्टिच्यूट अफ अष्ट्रेलिया तथा निन्जाको रहेको छ भने इन्स्योरेन्स पार्टनर सूर्या लाईफ छ । त्यस्तै हेलिकप्टर पार्टनर सिम्रिक एयर र सह–प्रायोजन जगदम्बा मोटर्स टिभिएस र एमएन टिभी अष्ट्रेलिया रहेका छन् ।

नेपग्याजमले भने पाउलोको यो रेकर्ड तोड्न ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गर्न लागेको हो ।

यसअघिको रेकर्ड ब्रेक गर्ने लक्ष्य

२५ अप्रिल सन् २०१९ मा यहि विधामा इटालीयन नागरिक पाउलो फ्रानसेस्चिनीले रेकर्ड राखेका थिए । उनले सगरमाथाको आधार शिविर ५ हजार २ सय ७० मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गरेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड बनाएका थिए । नेपग्याजमले भने पाउलोको यो रेकर्ड तोड्न ५ हजार ६ सय ४३ मिटरको उचाईमा स्ट्याण्डअप कमेडी गर्न लागेको हो । जसका लागि गिनिज बुक अफ दी वर्ल्ड रेकर्डबाट अनुमति समेत पाइसकेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो