English

अर्थ आवर : वातावरण संरक्षण गर्ने एक विश्वव्यापी अभियान



आज मार्च २५ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको यो अभियानले विश्वको समर्थन पाइरहेको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को अगुवाइमा सञ्चालित यो अभियान यसपालि पनि संसारभर मनाइँदै छ ।

सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको अर्थ आवरलाई २०२३ सम्म आइपुग्दा १९० देशले साथ दिएका छन् । नेपालमा पनि एक दशक अघिदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अर्थ आवर मनाइँदै आएको छ । कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष भर्चुअल मार्फत कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले गत वर्ष पनि सोही पद्धतिलाई अपनाएको थियो । यसपटक भने काठमाडौँस्थित भृकुटीमण्डपमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

हामीले एक घण्टा सबै प्रकारका विद्युतीय उपकरणहरू बन्द गरेर क्याण्डल डिनर गर्छौं ।

सुरुवाती दिनहरूमा मैनबत्ती प्रज्वलन, वृक्षारोपण, एलइडी लाइट वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले आजको दिनसम्म आइपुग्दा ठूलो जमातलाई एकीकृत गर्दै विभिन्न वातावरणीय विषयवस्तुलाई उजागर गर्न थालेको छ ।

त्यसो त आज बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म संसारका १ सय ९० देश अन्धकारमा रहन्छन् । अमेरिकाको ह्वाइट हाउस होस् या अस्ट्रेलियाको ओपेरा हाउस अर्थात् विश्वको अग्लो भवन बुर्ज खालिफादेखि दिल्लीको कुतुबमिनार नै किन नहोस् । यी सबै एक घण्टा अन्धकारमय रहन्छन् ।

आउने गेस्टहरूसँग प्रश्नोत्तर गरिने छ, जसमा वन्यजन्तु संरक्षण र सेभ द प्लानेट सम्बन्धी प्रश्नहरू सोधिने छ । विजेताहरूलाई हार्ड रक क्याफे र डब्लूडब्लूएफ नेपालको तर्फबाट आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

किन निभाइन्छ एक घण्टा बत्ती ?

यतिबेला विश्वमा परमाणु अस्त्र र न्युक्लियर विपन्सको चाङ लागिरहेको छ । त्यसको परीक्षण र कहिलेकाहीँ हुने प्रयोग अथवा कुनै हिसाबले त्यसको दुरुपयोग हुँदा मानव जाति र पृथ्वीकै अस्तित्व खतरामा पर्ने स्थिति छ । त्यसैले, वातावरण सुरक्षाका लागि जागरण अथवा जनचेतना जगाउन यसको पक्षमा लाग्नका एक घण्टा बत्ती निभाएर अनावश्यक खर्च कटौती गर्ने उद्देश्यले यो कदम सुरु गरिएको हो ।

नेपालमा सुरुवाती वर्षहरूमा बौद्ध, लुम्बिनी, पोखरा, वसन्तपुर लगायतका ठाउँहरूमा मैनबत्ती बालेर अर्थ आवर मनाइएको थियो । बिस्तारै, नेपालका चर्चित कलाकारहरूले पनि यसमा साथ दिन थाले । यस वर्ष भने काठमाडौँ दरबारमार्गस्थित हार्ड रक क्याफेमा पनि बेलुकी ८ः३० देखि ९ः३० सम्म सबै विद्युतीय उपकरणहरू बन्द गरेर ‘क्याण्डल डिनर’ आयोजना गरिने हार्ड रक क्याफेका म्यानेजर नारायण प्रसाद सुवेदीले बताए । ‘हामीले एक घण्टा सबै प्रकारका विद्युतीय उपकरणहरू बन्द गरेर क्याण्डल डिनर गर्छौं ।’ उनी थप्छन्, ‘आउने गेस्टहरूसँग प्रश्नोत्तर गरिने छ, जसमा वन्यजन्तु संरक्षण र सेभ द प्लानेट सम्बन्धी प्रश्नहरू सोधिने छ । विजेताहरूलाई हार्ड रक क्याफे र डब्लूडब्लूएफ नेपालको तर्फबाट आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ ।’

यो पनि…
सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’



सम्बन्धित खबरहरु

विराटनगर — द भ्वाइस अफ किड्स सिजन ४ कि फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको ‘मेरा भगवान…’ गीतको भिडियो सार्वजनिक

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा

Latest










Popular
Suggested