अर्थ आवर : वातावरण संरक्षण गर्ने एक विश्वव्यापी अभियान
आज मार्च २५ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको यो अभियानले विश्वको समर्थन पाइरहेको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को अगुवाइमा सञ्चालित यो अभियान यसपालि पनि संसारभर मनाइँदै छ ।
सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको अर्थ आवरलाई २०२३ सम्म आइपुग्दा १९० देशले साथ दिएका छन् । नेपालमा पनि एक दशक अघिदेखि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अर्थ आवर मनाइँदै आएको छ । कोभिड–१९ महामारीका कारण अघिल्ला दुई वर्ष भर्चुअल मार्फत कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले गत वर्ष पनि सोही पद्धतिलाई अपनाएको थियो । यसपटक भने काठमाडौँस्थित भृकुटीमण्डपमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
हामीले एक घण्टा सबै प्रकारका विद्युतीय उपकरणहरू बन्द गरेर क्याण्डल डिनर गर्छौं ।
सुरुवाती दिनहरूमा मैनबत्ती प्रज्वलन, वृक्षारोपण, एलइडी लाइट वितरण लगायतका विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको डब्लूडब्लूएफ नेपालले आजको दिनसम्म आइपुग्दा ठूलो जमातलाई एकीकृत गर्दै विभिन्न वातावरणीय विषयवस्तुलाई उजागर गर्न थालेको छ ।
त्यसो त आज बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म संसारका १ सय ९० देश अन्धकारमा रहन्छन् । अमेरिकाको ह्वाइट हाउस होस् या अस्ट्रेलियाको ओपेरा हाउस अर्थात् विश्वको अग्लो भवन बुर्ज खालिफादेखि दिल्लीको कुतुबमिनार नै किन नहोस् । यी सबै एक घण्टा अन्धकारमय रहन्छन् ।
आउने गेस्टहरूसँग प्रश्नोत्तर गरिने छ, जसमा वन्यजन्तु संरक्षण र सेभ द प्लानेट सम्बन्धी प्रश्नहरू सोधिने छ । विजेताहरूलाई हार्ड रक क्याफे र डब्लूडब्लूएफ नेपालको तर्फबाट आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
किन निभाइन्छ एक घण्टा बत्ती ?
यतिबेला विश्वमा परमाणु अस्त्र र न्युक्लियर विपन्सको चाङ लागिरहेको छ । त्यसको परीक्षण र कहिलेकाहीँ हुने प्रयोग अथवा कुनै हिसाबले त्यसको दुरुपयोग हुँदा मानव जाति र पृथ्वीकै अस्तित्व खतरामा पर्ने स्थिति छ । त्यसैले, वातावरण सुरक्षाका लागि जागरण अथवा जनचेतना जगाउन यसको पक्षमा लाग्नका एक घण्टा बत्ती निभाएर अनावश्यक खर्च कटौती गर्ने उद्देश्यले यो कदम सुरु गरिएको हो ।
नेपालमा सुरुवाती वर्षहरूमा बौद्ध, लुम्बिनी, पोखरा, वसन्तपुर लगायतका ठाउँहरूमा मैनबत्ती बालेर अर्थ आवर मनाइएको थियो । बिस्तारै, नेपालका चर्चित कलाकारहरूले पनि यसमा साथ दिन थाले । यस वर्ष भने काठमाडौँ दरबारमार्गस्थित हार्ड रक क्याफेमा पनि बेलुकी ८ः३० देखि ९ः३० सम्म सबै विद्युतीय उपकरणहरू बन्द गरेर ‘क्याण्डल डिनर’ आयोजना गरिने हार्ड रक क्याफेका म्यानेजर नारायण प्रसाद सुवेदीले बताए । ‘हामीले एक घण्टा सबै प्रकारका विद्युतीय उपकरणहरू बन्द गरेर क्याण्डल डिनर गर्छौं ।’ उनी थप्छन्, ‘आउने गेस्टहरूसँग प्रश्नोत्तर गरिने छ, जसमा वन्यजन्तु संरक्षण र सेभ द प्लानेट सम्बन्धी प्रश्नहरू सोधिने छ । विजेताहरूलाई हार्ड रक क्याफे र डब्लूडब्लूएफ नेपालको तर्फबाट आकर्षक पुरस्कारको पनि व्यवस्था गरिएको छ ।’
यो पनि…
सजगता अपनाए पृथ्वी, प्राणी र जैविक विविधताको संरक्षण
वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’
Доставка алкоголя на дом Екатеринбург бесплатно
With havin so much content and articles do you ever run into any problems of plagorism or copyright violation? My site has a lot of exclusive content I've either created myself or outsourced but it looks like a lot of it is popping it up all over the web without my agreement. Do you know any methods to help reduce content from being ripped off? I'd definitely appreciate it. Купить алкоголь с доставкой на дом Екатеринбург