English

टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्न होण्डा स्किल कन्टेस्ट



होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ । कम्पनीका सवारीसाधन बिक्री गरेपछिको सेवाको स्तर उत्कृष्ट बनाउन हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट संचालन गर्ने गरिएको कम्पनीले जानकारी दिएको छ।

स्याकार ट्रेडिङ कम्पनी सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता गरिएको थिए। सोमार्फत प्रत्येक क्षेत्रबाट २–२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए। क्षेत्रीय प्रतियोगितामार्फत काठमाडौँबाट २ जना, विराटनगरबाट २ जना, जनकपुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना छनोट भएका थिए।

यस प्रकारको प्रतियोगिताबाट टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आगामी दिनमा थप कार्यकुशलताका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

राष्ट्रिय स्तरको प्रतियोगिता ललितपुरको ग्वार्कोस्थित होण्डाको ट्रेनिङ सेन्टरमा गरिएको थियो। होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विगतका वर्षहरूदेखि नै उक्त किसिमका कार्यक्रमहरू गर्दै आएको छ। ‘यस प्रकारको प्रतियोगिताबाट टेक्निसियनहरूको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आगामी दिनमा थप कार्यकुशलताका साथ अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ,’ कम्पनीले भनेको छ।

प्रतियोगितामा प्रथम द्वितीय तथा तृतीय हुनेले नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरे। प्रथम पुरस्कार बज्रअटो महाराजगन्जका केशव गजुरेल, द्वितीय पुरस्कार एसटीसी पोखराका झलेन्द्र ईटानि र तृतीय पुरस्कार नौदेवी मोटर्स् विराटनगरका विनोद शर्माले क्रमशः ३०,०००, २०,००० र १५,००० नगद र प्रमाण पाए।

याे पनि
स्वदेशमै अन्तर्राष्ट्रिय शिक्षा दिने नेपालको पहिलो आईबी स्कूल
अरूको उपचार गर्ने वैद्यखाना आफैँ विरामी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested