English

नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ



ढाकास्थित बंगलादेश शिल्पकला एकेडेमीमा मंगलबारदेखि पाँच दिने ‘नेपाल–बंगलादेश कला तथा संस्कृति महोत्सव २०२३’ सुरु भएको छ। नेपाल– बंगलादेशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्षमा दूतावासले बंगलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा बंगलादेश शिल्पकला एकेडेमीको सहयोगमा महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा २० सदस्यीय नेपाली कलाकार टोलीलगायत चित्रकारहरू नगेन्द्र प्रसाद पौडेल, एससी सुमन, अनुराधा थापा, राम पुजन ठाकुर, उजय बज्राचार्य र फोटो पत्रकार विकास रौनियारको सहभागिता रहेको छ । नेपाल र बङ्गलादेशका चित्रकारहरूको बृहत् चित्रकला फोटोग्राफी प्रदर्शनीमा नेपाली चित्रकारका २६, फोटोग्राफरको ७, र बङ्गलादेशका चित्रकारका ३०, फोटोग्राफरका २० गरी सय थान भन्दा बढीको कलाकृति प्रदर्शनमा राखिएको छ ।

कूटनीति र विदेश नीतिलाई समानार्थी वा पर्यायवाची शब्दको रूपमा पनि प्रयोग गरेको पाइन्छ, तर कूटनीति र विदेश नीतिकाबीच केही मात्रामा भिन्नता रहेको छ । एक राष्ट्रले अर्को राष्ट्रप्रति देखाउने सद्भाव, व्यवहार र दृष्टिकोणका सम्बन्धमा अपनाइने नीति विदेश नीति हो भने कुनै पनि राष्ट्रले अपनाउने समग्र व्यवहार र नीतिगत कार्यान्वयनको तरिका कूटनीति हो । त्यसैले कूटनीति विदेश नीति होइन, विदेश नीति कार्यान्वयन गर्ने साधन हो । अथवा कूटनीति सिद्धान्त होइन, बरु विदेश नीति अनुसार अन्य राष्ट्र वा अन्तर्राष्ट्रिय संस्थाहरूसँग गरिने व्यवहार हो । जसका माध्यमबाट विदेश नीतिले निर्धारण गरेको लक्ष्यप्राप्त गर्न सकिन्छ । तसर्थ कूटनीतिले विदेश नीतिको लागि मेरुदण्डको भूमिका खेलेको हुन्छ ।

हरेक राष्ट्रले आफ्नो भौगोलिक अवस्थिति, देशभित्रको राजनीति र राष्ट्रको लक्ष्यको सापेक्षतामा विदेश नीति निर्धारण गर्दछ । विदेश नीति राष्ट्र–राज्यको हातमा रहेको यस्तो साधन हो, जसको प्रयोगबाट अन्य देश वा अन्तर्राष्ट्रिय प्रणालीको स्वभावलाई आफ्नो सोच अनुकूल परिवर्तन गराउन सकिन्छ । निर्धारित नीति कार्यान्वयन वा व्यवहारिक प्रयोग कूटनीतिका माध्यमबाट गरिन्छ ।

संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गरेर दुई देशबीचको सांस्कृतिक आदानप्रदानलाई व्यावहारिक रूपमा बढाउन सकिन्छ । दुई देशका कलाकार, साहित्यकार र सांस्कृतिक कार्यकर्ताको पारस्परिक भ्रमण बढाएर दुई देशबीचको सांस्कृतिक आदानप्रदानले नयाँ आयाम प्राप्त गर्नेछ । दुई देशबीच कला, संस्कृति र साहित्यको आदानप्रदान गर्ने उद्देश्यले सन् २०१६ मा बंगलादेश नेपाल मैत्री समाजको स्थापना भएको हो । स्थापनाकालदेखि नै यस संस्थाले दुई देशबीचको साहित्य र संस्कृतिको आदानप्रदानमा काम गर्दै आएको छ । विशेष गरी दुई देशका साहित्यिक कृतिको अनुवाद, साहित्य सम्मेलन, सांस्कृतिक कार्यक्रम उल्लेखनीय छन् ।

यो पनि…
कुटनीतिमा २०७८ लाई फर्केर हेर्दा
आज विश्व सिमसार दिवस : यसकारण जोगिनुपर्छ सिमसार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested