कति पुग्यो सुनको मूल्य ?



सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। आइतबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ सोमबार स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना

‘आर्थिक समस्याहरू क्रमशः कम हुँदै गएका छन् । अब मुलुक श्रीलंकाको बाटोमा जान्छ कि भन्नुपर्ने डराउनुपर्ने अवस्था छैन । आर्थिक

बिवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उद्घाटन गरेको