English

‘हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्यो भने सम्पूर्ण संसार सुन्दर बन्नेछ’



जब मानिसहरू प्रेमको कुरा गर्छन्, उनीहरू यसको भावनात्मक पक्षको बारेमा मात्र कुरा गरिरहेका हुन्छन् । भावनाहरूले आज एउटा कुरा भन्छन्, भोलि अर्कै कुरा भन्छन् । तपाईंले पहिलो पटक सम्बन्ध बनाउँदा सोच्नुभएको थियो, ‘यो सधैंको लागि हो’ । तर, तीन महिनाभित्र तपाईं सोच्नु थाल्नुहुन्छ, ‘हरे, म यस्तो व्यक्तिसँग किन जीवन बिताउँदै छु ?’ किनकि, तपाईंले आफूलाई जे मन पर्छ र जे मन पर्दैन, त्यसकै आधारमा सम्बन्ध बनाउनुभएको छ ।

यस प्रकारको सम्बन्धमा, तपाईंले केवल कष्ट भोग्नुहुनेछ किनकि जब सम्बन्ध अस्थिर हुन्छ– जब खटपट हुन्छ– तपाईंमा असाध्यै पीडा हुनेछ, जुन पूर्णतया अनावश्यक छ । भलै, पीडाको बारेमा थुप्रै कविताहरू लेखिएको भएपनि, प्रेम दुःख सृजना गर्नको लागि होइन । तपाईं प्रेममा हुन चाहनुहुन्छ, किनकि यसले तपाईंलाई आनन्द दिन्छ ।

प्रेम लक्ष्य होइन, आनन्द लक्ष्य हो । अनेकौँ पटक घाइते र विक्षिप्त भएपनि मानिसहरूमा प्रेम सम्बन्धमा रहने पागलपन रहेको हुन्छ, किनकि जब उनीहरूले आफू प्रेममा छु भनेर सोचेका थिए, उनीहरूमा अलिकति आनन्द थियो । प्रेम, आनन्द प्राप्त गर्ने साधन हो । यतिखेर, अधिकांश मानिसहरूले यही एउटा तरिकाले आनन्दित हुन जानेका छन् ।

तर,तपाईं आफ्नै प्रकृतिले आनन्दित हुन सक्नुहुन्छ । यदि तपाईं आनन्दित हुनुभयो भने, मायालु र स्नेही हुनु समस्या होइन, तपाईं यसैपनि मायालु बन्नुहुनेछ । जब तपाईं प्रेममार्फत् आनन्द खोज्नुहुन्छ, तबमात्र तपाईं को–कसलाई माया गर्ने भनेर बढी रोज्न थाल्नुहुन्छ ।

तर, जब तपाईं आनन्दित रहनुहुन्छ, तपाईंले जे देखेपनि त्यसलाई प्रेमको भावले हेर्न सक्नुहुन्छ, किनकि त्यहाँ अल्झिने डर हुँदैन । जब अल्झिने डर हुँदैन, तबमात्र तपाईंले जीवनसँग पूरै संलग्न रहनु भनेको के हो भनेर जान्नुहुनेछ ।

हरेक दिन १५–२० मिनेटको लागि त्यस्तो चीजसँग बस्नुहोस्, जसले तपाईंको लागि कुनै अर्थ राख्दैन । सायद रूख वा ढुङ्गा वा गड्यौला वा कीरा । केही समयपछि तपाईंले यो महसुस गर्नुहुनेछ कि तपाईंले आफ्नो पति वा पत्नि वा आमा वा बच्चालाई जति प्रेम गर्नुहुन्छ, त्यत्ति नै प्रेमको भावले त्यो चीजलाई हेर्न सक्नुहुन्छ ।

सायद गड्यौलालाई यो थाहा नहुन सक्छ, तर त्यसले केही फरक पर्दैन । यदि तपाईंले हरेक चीजलाई प्रेमपूर्वक हेर्न सक्नुभयो भने तपाईंको अनुभवमा सम्पूर्ण संसार सुन्दर बन्नेछ । तब तपाईंलाई यो बोध हुनेछ कि ‘प्रेम, तपाईंले गर्ने कुरा होइन, प्रेम, तपाईं आफूभित्र हुने तरिका हो ।’

–सदगुरुको प्रवचन

यो पनि…
प्रेम सम्बन्ध हुन कम्तीमा तपाईंको एउटा अंश समाप्त हुनैपर्छ
अँगालोले शब्दबिना भावना व्यक्त गर्दछ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested