English

करिश्माले दिइन् डिल्लीराम खनालविरुद्ध उजुरी



अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानहानि हुने अभिव्यक्ति दिएको भन्दै डिल्लीराम खनालविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले नेपाल प्रहरीको साइबर ब्युरोमा मंगलबार उजुरी दिएकी हुन् ।

खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाहीको माग गर्दै करिश्माले उजुरी दिएकी हुन् । करिश्माले फेसबुकमार्फत पनि उजुरी दिएको जानकारी गराएकी छन् ।

करिश्मा लेख्छिन् ‘उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन् भनेर सहेँ । हिजो साइबर ब्युरोमा निवेदन हालेको छु । हेरौँ नेपालको कानून कत्तिको बलियो रहेछ ।’

युट्युबमा विभिन्न अन्तर्वार्ता दिएर भाइरल बनिरहेका खनालले करिश्मा लिभिङ टुगेदर बसेको भन्दै युट्युबमा अन्तर्वार्ता दिएका थिए । उनको यो अभिव्यक्ति टिकटकमा समेत भाइरल बनिरहेको छ ।

साथै उनले आफू हिन्दू भएको र लिभिङ टुगेदरमा विश्वास नै नगर्ने पनि सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

यो पनि
राजनीतिमा हाम्रा कलाकार
मानन्धरले भनिन्- ओलीकाे भाषण सुनेर थाक्दिनँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested