English

झिनो अंकले बढ्यो सेयर बजार



सोमबार सेयर बजार ४.५७ अंकले बढेको छ। आज नेप्से ०.२२ प्रतिशतले बढेर २१००.६५ बिन्दुमा बन्द भएको छ। सोमबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन अर्थात् आइतबार १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँमा सीमित भएको छ। सोमबार २५९ वटा धितोपत्रको ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको हो।

सोमबार आदर्श लघुवित्त सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ३३३ रुपैयाँ ८० पैसा पुगेको छ। यस्तै, माहुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार २४५ रुपैयाँ पुगेको छ।

आज सर्वाधिक मूल्य घट्नेमा ८.५ प्रतिशत लक्ष्मी बैंक डिवेञ्चर २०८८ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ९.५८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८५१ रुपैयाँमा झरेको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ४.६७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५४० रुपैयाँ ५० पैसा कायम भएको छ।

यस दिन एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२८ रुपैयाँमा ६ करोड ४५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.३५ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा युनिभर्सल पावर कम्पनी रहेकोे छ। उक्त कम्पनीको २६५ रुपैयाँमा ५ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested