English

सुनको मूल्य हालसम्मकै उच्च



नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढ्ने क्रम जारी छ। बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि माघ १२ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख छ हजार ९०० रुपैयाँ पुगेको थियो। उक्त रेकर्डलाई पनि पार गर्दै आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार पाँच सय रुपैयाँ पुगेको छ। बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested