घट्यो सुनको मूल्य



नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। अघिल्लो कारोबार दिन प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
सुनको मूल्यमा नयाँ कीर्तिमान - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

शुभम पावर लिमिटेडले आजबाट सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा

बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६ हजार तीन सय रूपैयाँ पुगेको छ। मंगलबारको तुलनामा यो प्रतितोला पाँच सय रूपैयाँले

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार बुधबार अमेरिकी डलरको भाउ बढ्दा अन्य मुद्राको भाउ घटेको

लागातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर बजार बन्द हुँदा २,१११

Suggested