English

समुदायको पहिचान र संस्कृति जोगाउँन सोनाम ल्होसार – बूढानिलकण्ठ नगरपालिका



भाषा, पर्व र संस्कृति समुदायको पहिचानसँग गाँसिएकाले राज्यबाटै यसको जर्गेना हुनुपर्ने बताउँदै बूढानिलकण्ठ नगरपालिका ले यसवर्षको सोनाम ल्होसार भव्यतापूर्वक मनाउने बताएकाे छ । बूनपामा बिहिवार आयोजित जानकारी सभामा उप्रमुख अनिता लामाले उक्त जानकारी गराएकी हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।


ल्होसारका अवसरमा १३ वटै वडामा रहेका तमु, गुरुङ, तामाङ र शेर्पा समुदायको पहिचानसँगै सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछन् । भाषा, पर्व र संस्कृति कुनैपनि समुदायको पहिचानसँग गाँसिएकाले यसको संरक्षण, सम्र्वद्धन, प्रवद्र्धन र नीतिगत सुनिश्चितताका लागि सबैले आवाज उठाउनु पर्ने उपप्रमुख लामाको भनाइ थियो । कार्यक्रममा मौलिक खानपिन, भेषभूषा, कलासंस्कृति पनि प्रदर्शनी गरिनेछ । आगामी आइतबार सोनाम ल्होसारका दिन बिहान ११ बजे विभिन्न स्थानबाट सांस्कृतिक प्रर्दशनीसहित ¥याली निकालिने र १ बजेबाट गोल्फुटारको वडा नम्बर ८ मा रहेको बास्केटबल मैदान सँगैको फुटबल मैदानमा औपचारिक कार्यक्रम गरिने उपमेयर लामाले जानकारी गराइन ।

सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।



सम्बन्धित खबरहरु

फिल्म ‘अञ्जिला’को तीन दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ। निर्माताले  सार्वजनिक गरेको कलेक्सन रिपोर्ट अनुसार यो फिल्मले शनिबारसम्म २ करोड

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ