English

समुदायको पहिचान र संस्कृति जोगाउँन सोनाम ल्होसार – बूढानिलकण्ठ नगरपालिका



भाषा, पर्व र संस्कृति समुदायको पहिचानसँग गाँसिएकाले राज्यबाटै यसको जर्गेना हुनुपर्ने बताउँदै बूढानिलकण्ठ नगरपालिका ले यसवर्षको सोनाम ल्होसार भव्यतापूर्वक मनाउने बताएकाे छ । बूनपामा बिहिवार आयोजित जानकारी सभामा उप्रमुख अनिता लामाले उक्त जानकारी गराएकी हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।


ल्होसारका अवसरमा १३ वटै वडामा रहेका तमु, गुरुङ, तामाङ र शेर्पा समुदायको पहिचानसँगै सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछन् । भाषा, पर्व र संस्कृति कुनैपनि समुदायको पहिचानसँग गाँसिएकाले यसको संरक्षण, सम्र्वद्धन, प्रवद्र्धन र नीतिगत सुनिश्चितताका लागि सबैले आवाज उठाउनु पर्ने उपप्रमुख लामाको भनाइ थियो । कार्यक्रममा मौलिक खानपिन, भेषभूषा, कलासंस्कृति पनि प्रदर्शनी गरिनेछ । आगामी आइतबार सोनाम ल्होसारका दिन बिहान ११ बजे विभिन्न स्थानबाट सांस्कृतिक प्रर्दशनीसहित ¥याली निकालिने र १ बजेबाट गोल्फुटारको वडा नम्बर ८ मा रहेको बास्केटबल मैदान सँगैको फुटबल मैदानमा औपचारिक कार्यक्रम गरिने उपमेयर लामाले जानकारी गराइन ।

सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested