बढ्यो सुनको मूल्य



नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
बढ्यो सुनको मूल्य - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

लागातार चौथो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। मंगलबार नेप्से परिसूचक १५.७४ अंकले घटेर बजार बन्द हुँदा २,१११

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्कासन गर्ने पारित गरेको छ । आइतबार छायादेवी कम्प्लेक्समा सम्पन्न भएको

१८ दिनपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ। सोमबार नेप्से परिसूचक एकै दिन ४१.०१ अंकले घटेर बजार बन्द हुँदा

नेपाल राष्ट्र बैंकले सोमबारको विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलरको भाउ यथावत छ। आज डलर एकको खरिददर १३०

Suggested