सुनको मूल्य वर्ष दिन यताकै उच्च



मंगलबार सुनको मूल्य वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ। यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २६ सय रुपैयाँ पुगेको छ। यो मूल्य गत आठ महिनाकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २१ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला नौ सय रुपैयाँ बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
Borunsurn

Proper Brushing Techniques buying cialis online usa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने