ह्वात्तै बढेयो सुनको मूल्य



साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो