सेयर बजार दुई हजार बिन्दुमाथि
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५६.८८ अंकले बढेको छ। आज नेप्से परिसूचक २.८८ प्रतिशतले बढेर २०२९.०३ बिन्दुमा पुगेर बन्द भएको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँमा पुगेको छ। आज २५७ वटा धितोपत्रको ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच भएको छ।
बिहीबार हिमालय ऊर्जा, सानिमा लाइफ इन्स्योरेन्स, श्रृजनशिल लघुवित्त, धैलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
हिमालय ऊर्जा, सानिमा लाइफ इन्स्योरेन्स, श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशत, धैलागिरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्स र स्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
आज सेयर मूल्य सर्वाधिक घट्नेमा नेपाल बैंक डिवेञ्चर २०८७ रहेको छ। उक्त डिवेञ्चरको मूल्य ३.९५ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८११ रुपैयाँ ८० पैसामा झरेको छ। त्यस्तै, एनएमबी ५० को इकाइ मूल्य ३.७४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ १ पैसा कायम भएको छ।
बिहीबार सर्वाधिक सेयर खरिद–बिक्री हिमालयन डिष्टिलरीको भएको छ। आज उक्त कम्पनीको चार हजार ६ रुपैयाँमा १२ करोड १४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूर सञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९१० रुपैयाँमा १० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज वित्त समूहको परिसूचक सर्वाधिक ५.३८ प्रतिशतले बढेको छ।
त्यस्तै, जलविद्युत समूहको परिसूचक ४.९२ प्रतिशत, निर्जीवन बीमा समूहको परिसूचक ४.३९ प्रतिशत, जीवन बीमा समूहको परिसूचक ३.९८ प्रतिशत र विकास बैंक समूहको परिसूचक ३.३५ प्रतिशतले बढेको छ।
यसैगरी, होटल्स तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार समूहको परिसूचक २ प्रतिशतभन्दा धेरैले बढेको छ।
यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का










бнанс створення акаунту
I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.