English

सेयर बजारमा हरियाली



मंगलबार सेयर बजार ५९.८७ अंकले बढेको छ। आज नेप्से परिसूचक ३.११ अंकले बढेर १९८३.९५ बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ पुगेको छ।

आज २६१ वटा धितोपत्रको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच भएको छ। मंगलबार सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स र श्रृजनशिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५६५ रुपैयाँ ४० पैसा, मल्टीपर्पस फाइनान्सको ३१९ रुपैयाँ, अजोड इन्स्योरेन्सको ४०१ रुपैयाँ ५० पैसा र श्रृजनशिल लघुवित्तको सेयर मूल्य एक हजार ४५८ रुपैयाँ ९० पैसा र कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा आँधिखोला लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य २.६३ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५८९ रुपैयाँमा झरेको छ।

त्यस्तै, सेयर मूल्य घट्ने दोस्रो कम्पनीमा मिर्मिरे लघुवित्त रहेको छ। उक्त कम्पनीको मूल्य २.२२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३२ रुपैयाँ ८० पैसा कायम भएको छ।

मंगलबार सर्वाधिक सेयर खरिद–बिक्री लक्ष्मी बैंकको भएको छ। आज उक्त कम्पनीको २०० रुपैयाँमा २० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नेपाल दूरसञ्चार कम्पनी रहेकोे छ। उक्त कम्पनीको ९१५ रुपैयाँ ९० पैसामा १४ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। आज लगानी समूहको परिसूचक सर्वाधिक ६.४३ प्रतिशतले बढेको छ।

त्यस्तै, जलविद्युत समूहको परिसूचक ४.६८ प्रतिशत, वित्त समूहको परिसूचक ४.३५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको परिसूचक ४.२६ प्रतिशत, जीवन बीमा समूहको परिसूचक ३.९९ र निर्जीवन बीमा समूहको परिसूचक ३.७० प्रतिशतले बढेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested