बढ्यो सुनको मूल्य



स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य आज भने सामान्य बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

घरयासी प्रयोगका विद्युतीय सामान उत्पादक ‘बेटर होम अप्लायन्सेस’ले आफ्ना दर्जनौ विक्रेतालाई थाइल्याण्ड भ्रमण उपहार दिएको छ । रवि एण्ड सन्नी

बीवाइडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रा.लि.ले बिद्युतीय सवारीमा सहज फाइनासिङका लागि प्रभु बैंकसँग वित्तिय

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ