सानै उमेरमा कपाल सेतो हुन्छ ? अपनाउनुहोस् यी आयुर्वेदिक विधि
सानै उमेरमा कपाल सेतो हुनु अहिले सामान्य समस्या भएको छ। यो समस्या युवाहरूमा मात्रै बढ्दै गएको मात्र होइन अहिले बालबालिकाहरू पनि यसको चपेटामा परेका छन् । यस्तो अवस्थामा मनमा प्रश्न आउनु स्वाभाविक हो कि सानै उमेरमा कपाल किन सेतो हुन्छ ? यो प्रश्नको उत्तर जान्नको लागि तपाईँले पहिले थाहा पाउनु पर्छ कपाल कसरी रङ्गिन हुन्छ ?
कपालले आफ्नै प्राकृतिक रङ्ग उत्पादन गर्छ। यो रङ्गलाई मेलानिन भनिन्छ। प्राकृतिक कपाल फोलिकल्समा उत्पादन हुन्छ। तर कपाललाई आवश्यकता अनुसारको पोषण, आराम, वातावरण नपाउँदा कपालभित्रको संयन्त्र बिग्रन थाल्छ, मेलानिनको उत्पादनमा असर पर्छ र कपाल सेतो हुन थाल्छ ।
सेतो कपाललाई प्राकृतिक रूपमा कालो कसरी बनाउने ?
यदि तपाईँको कपाललाई एक पटक प्राकृतिक रूपमा कालो बनाउन चाहनुहुन्छ भने, तपाईँको आहारमा यी तीन चीजहरू समावेश गर्नुहोस्। यदि गलत जीवनशैली र रोगका कारण कपाल सेतो भएको छ भने त्यसलाई प्राकृतिक रूपमा फेरि कालो बनाउन सकिन्छ ।
कपाल सेतो हुनबाट कसरी रोक्ने ?
–कपाललाई कालो बनाउन समयमै तेल लगाउनु अति आवश्यक हुन्छ । तेल लगाउनाले कपाललाई आवश्यक नमी र प्राकृतिक कपालको रङ्ग बढाउन मद्दत गर्छ।
–गुलियो खानेकुरा खाँदा कपालको प्राकृतिक रङ्ग कायम राख्न मद्दत गर्छ। गुलियो खानेकुराको अर्थ चिनी भरिएको खानेकुरा खानुपर्छ भन्ने होइन । बरु ती खानेकुरा खानुहोस्, जुन प्राकृतिक रूपमा मिठो हुन्छ। जस्तै, केरा, उखु, अङ्गुर, र अन्य पाकेका फलफूल, गुड आदि।
–एस्ट्रिन्जेन्ट फुड भन्नाले अमिलो–गुलियो र अलिकति तितो स्वाद भएका खानेकुरालाई बुझाउँछ। जस्तै, अमला, करेला, करी पात आदि।
–तरकारीका रूपमा खाइने काँचो केरा, अनार, कागती, चना, क्रेन बेरी र काँचो तरकारीहरू आउँछन्।
–राति सुत्नुअघि गाईको शुद्ध घिउको एक–एक दुवै नाकमा हालेर सुत्नुहोस्। औँलाको सहायताले नाक भित्र लगाउन सकिन्छ ।
–हरेक दिन अमला खानुहोस्। गर्मी याम जाडोमा पनि अमलाको नियमित सेवन गर्नुभयो भने कपाल प्राकृतिक रूपमा कालो रहन्छ ।
यदि तपाईँ यी सबै कुराहरू नियमित रूपमा गर्नुभयो भने, तपाईँको सेतो कपाल पनि बिस्तारै कालो हुन सक्छ। किनकि यी चिजको सेवनले कपाल भित्रको मेकानिजमले राम्रोसँग काम गर्न सक्छ र प्राकृतिक रङ्गको उत्पादन सुरु हुन्छ ।
यो पनि…
प्राकृतिक चियाले तीन हप्तामा कपाल झर्न रोक्छ
तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा












пф накрутка
Поведенческие факторы — ключевой ранжирующий сигнал Яндекса. Мы предлагаем безопасную: накрутка поведенческих Используем прокси, случайные сценарии и естественный тайминг — без фильтров!