घट्यो सुनको मूल्य



शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। तोलाको एक लाख एक हजार रुपैयाँसम्म पुगेको सुनको भाउ शुक्रबार एक लाख मुनि ओर्लिएको छ। अघिल्लो कारोबार दिन प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुन–चाँदीको मूल्य घटेकाले नेपालमा पनि सुन–चाँदीको मूल्य घटेको हो।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘एकल महिलाहरूलाई दुबोको माला उन्ने, अचार बनाउने लगायतका तालिम नगरपालिकाबाट नै दिनु भयो, चकटी बुन्ने, बत्ती काट्न आफैले सिकेका थियौँ

‘मेरो घरमा तीन जना सदस्य बौद्धिक अपाङ्ग छन् । मैले धूप, अचार बनाएर घरबाट नै एक–दुई सयको बेच्ने गरेकी छु

सेयर बजार आज पनि घटेको छ । सेयर बजार परिसूचक नेप्से आज ५.३२ अंकले घटेर एक हजार नौ सय ३३.३१