English

निषेधाज्ञाको मार

काठमाडौं छोड्नेको लर्को (ड्रोन भिडियो/तस्विर)



सरकारले यही बिहीबारबाट काठमाडौं उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । योसँगै काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । दैनिकजसो ३९ हजार यात्रु काठमाडौंबाट बाहिरिने गरेकोमा सोमबार यो संख्या बढेर ५५ हजार ५ सय ५७ पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

नयाँ बसपार्कमा मेरो लाइफस्टाइलको टीम पुग्दा त्यहाँ घर जानेको भीड दशैँ तिहार बेलाको भन्दा धेरै देखिन्थ्यो । त्यहीँ भेटिएका नरबहादुर बुढा जुम्ला जान लागेका थिए । उनले सोमबार टिकट पनि काटे । तर कुन गाडी कहाँ आउँछ भन्ने कुरा उनलाई थाहा छैन ।

डडेल्धुराका रघुवीर पनि टिकट नपाएर तनावमा छन् । ‘सिटै छैन, क्याबिनमै बसेर भएपनि जानुपर्ला’ उनी भन्छन् ।

ज्यामी काम गर्ने एक महिला कालीकोट जाने भन्दै बसपार्क पुगेकी थिइन् । एउटा बच्चा बोकेर र अर्को बच्चा हातले डोर्याउँदै उनी त्यहाँ घुमिरहेकी थिइन् । उनले घर जान टिकट नपाएको गुनासो पोखिन् ।

विराटनगर जान लागेका दिपक दाहाल सरकारले गरेको निषेधाज्ञामा सन्तुष्ट छैनन् । यसअघि कुनै योजना नबनाइ निर्णय गरेको सरकारले पुनः दोहोर्याएको बताउँछन् ।

ज्यामी काम गर्ने एक महिला कालीकोट जाने भन्दै बसपार्क पुगेकी थिइन् । एउटा बच्चा बुईमा र अर्को भूईंमा डोर्याउँदै उनी त्यहाँ घुमिरहेकी थिइन् । उनले पनि घर जान टिकट पाइनन् ।

एन्सन जंग रोका रुकुम जान लागेका थिए । तर काउण्टरले लापरवाही गरेको उनी बताउँछन् । उनले एउटा सिटको टिकट तीन जनालाई दिएको गुनासो पोखे ।

नयाँ बसपार्क सामान र यात्रुले भरिभराउ छ । मुखमा मास्क लगाएर घाममा टिकट काट्नेहरुको लर्को छ त्यहाँ । तिनीहरु एकाबिहानैदेखि लाइनमा छन् ।

टिकट काउण्टरमा बसेका मिलन लामा पछिल्लो दुई दिन यता गाउँ फर्किनेको संख्या धेरै रहेको बताउँछन् । उनी भन्छन्, ‘मानिसको भीडको कुरै नगरौँ, दशैं तिहारको भन्दा धेरै आएका छन्, गाडी पाइएको छैन, सिट सबै प्याक भइसके ।’

नयाँ बसपार्क सामान र यात्रुले भरिभराउ छ । मुखमा मास्क लगाएर घाममा टिकट काट्नेहरुको लर्को छ । तिनीहरु एका बिहानैदेखि लाइनमा छन् । कसैले झिटी गुण्टा नै लिएर हिँडेका छन् भने कति त बाइक नै गाडीको छतमा राखेर गाउँ जान लागेका छन् । यसरी गाउँ जानेको लर्को नयाँ बसपार्कमा टन्नै छ ।



सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

पुस २७ गते । केके मानन्धर । भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा डा. उज्ज्वल जोशी नेतृत्वको ७

काठमाडौ । गायिका सुस्मिता स्याङतान र गायक सुवास दोर्जे थिङको आवाजमा सजिएको ‘चु ल्हुई’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा

Latest










Popular
Suggested