English

सेयर बजारमा उच्च अंकको गिरावट



साताको पहिलो दिन आइतबार सेयर बजार ३१.९७ अंक अर्थात् १.६७ प्रतिशतले घटेर १८८५.३१ बिन्दुमा पुगेर बन्द भएको छ। नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज १ अर्ब १० करोड ३४ लाख ४ हजार ४५ रुपैयाँ पुगेको छ। आज २५३ वटा धितोपत्रको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ।

आइतबार सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएसँगै सर्किट लागेको हो।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ८६८ रुपैयाँमा बन्द भएको छ।

त्यस्तै, समिट लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ६० रुपैयाँ २० पैसा कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा नाडेप लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७०१ रुपैयाँ ४० पैसामा झरेको छ। त्यस्तै, पाँचथर पावर कम्पनीको सेयर मूल्य ६.९७ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २७३ रुपैयाँ ५० पैसामा बन्द भएको छ।

आइतबार सर्वाधिक सेयर खरिद–बिक्री शिवम् सिमेन्टको भएको छ। आज उक्त कम्पनीको २५९ रुपैयाँ ३० पैसामा १० करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा नबिल बैंक रहेकोे छ। उक्त कम्पनीको ८४६ रुपैयाँमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। आज बैंकिङ समूहको परिसूचक सर्वाधिक २.३० प्रतिशतले घटेको छ।

त्यस्तै, विकास बैंक, वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested