सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो
शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










注册获取100 USDT
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/en/register?ref=IU36GZC4