सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो



शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

४४औँ विश्व पर्यटन दिवसको अवसरमा बुधवार राजधानीस्थित कीर्तिपुरमा ‘संरक्षणको लागि साँझपखको हिँडाइ’ सम्पन्न भएको छ । कार्यक्रममा संरक्षण विज्ञ अनिल

मंगलबार साँझ हिमालयन उद्धार संघको व्हाट्सएप ग्रुपमा बुधबार बिहान पाटनढोकामा हुने ४४ औँ विश्व पर्यटन दिवस ‘प्रभातफेरी’ मा सहभागी हुन

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार