सुनको मूल्य घट्ने क्रम जारी



नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ। सोमबारदेखि घट्न थालेको सुनको मूल्यले बुधबार पनि निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



...
ह्वात्तै बढ्यो सुनको मूल्य - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

लसुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन स्वस्थ शरीर र छालाको लागि धेरै उपयोगी हुन्छ । तपाईंले आफ्नो

धेरैको बानी हुन्छ कि उठ्ने बित्तिकै सबैभन्दा पहिले चिया वा कफी पिउने। धेरै मानिसहरू आफूलाई ताजा बनाउन खाली पेटमा चिया

मानव सभ्यताको विकास करोडौँ वर्ष पुरानो हो। आज तपाईँ हामीले देखेको सभ्यता धेरै प्रगतिशील र उन्नत छ, तर करोडौँ वर्ष

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ३२.४३ अंकले बढेको छ। आज नेप्से परिसूचक १.६८ प्रतिशतले बढेर १९६५.९८ बिन्दुमा पुगेर

Suggested