एकैदिन १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ३० रुपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










Registrera dig
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/register/person?ref=JW3W4Y3A