घट्यो सुनको मूल्य
नेपाली बजारमा सोमबार सुन तथा चाँदीको मूल्य घटेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो। आइतबार सुन प्रतितोला १४ सय रुपैयाँ बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा आज चाँदी तोलामा १० रुपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात










Register
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.info/register/person?ref=IXBIAFVY