English

कलाकारलाई निर्वाचन अभियन्ताको भूमिका निर्वाह गरिदिन आग्रह



आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार आयोगको कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ गायिका कुन्ति मोक्तान, गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मासहित दर्जनौं कलाकार सहभागी भएका थिए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारसँग आग्रह गरेका छन् । उनले निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारले निर्वाह गर्ने भूमिका प्रभावकारी हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागि कलाकाले आफ्ना धारणा तथा जिज्ञासा आयोगका पदाधिकारी तथा उच्च अधिकारीसमक्ष राखेका थिए । कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभई खबरदारीकर्ता पनि भएकाले खबरदारीकर्ताको रुपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गरे । मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरुमा बुझाउनुपर्ने उनले बताए ।

त्यस्तै, अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए । कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेतना फैलाउन सहयोग पुग्ने उनले बताए ।

अर्का कलाकार दीपक आचार्यले विगत केही समय यता ठूला दलका नेताहरुले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

कलाकार दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाब दिइन् । मतदातालाई निर्वाचन मतदाता शिक्षामूलक सूचना प्रसारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने उनले बताइन् ।

त्यस्तै, कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे । निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले सोच्नुपर्ने उनले बताए ।

कार्यक्रममा कलाकार सन्तोष पन्त, किरण केसी, गायक प्रकाश सपुत, गायिका इन्दीरा जोशी, गायिका सुनिता दुलाललगायत अग्रज कलाकारको उपस्थिति थियो ।

यो पनि…
‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’
‘चुनावका बेला मिथ्या सूचनालाई कुनै हालतमा स्थान दिनुहुँदैन’

प्रेस काउन्सिलले वस्तुगत र विषयगत विधिमार्फत अनुगमन गर्ने



...
open binance account

Your article helped me a lot, is there any more related content? Thanks!

...
xels

Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested