English

कलाकारलाई निर्वाचन अभियन्ताको भूमिका निर्वाह गरिदिन आग्रह



आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले कलाकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार आयोगको कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ गायिका कुन्ति मोक्तान, गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मासहित दर्जनौं कलाकार सहभागी भएका थिए ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारसँग आग्रह गरेका छन् । उनले निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारले निर्वाह गर्ने भूमिका प्रभावकारी हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागि कलाकाले आफ्ना धारणा तथा जिज्ञासा आयोगका पदाधिकारी तथा उच्च अधिकारीसमक्ष राखेका थिए । कार्यक्रममा बोल्दै कलाकार मनोज गजुरेलले कलाकारहरु अभियन्ता मात्रै नभई खबरदारीकर्ता पनि भएकाले खबरदारीकर्ताको रुपमा प्रस्तुत हुन अनुमति दिनुपर्ने माग गरे । मतपत्र हेरिसकेका मानिसहरु पनि झुक्किने भएकाले आयोगले समयमा नै मतदाता शिक्षा आम नागरिकहरुमा बुझाउनुपर्ने उनले बताए ।

त्यस्तै, अर्का वरिष्ठ कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको भन्दै अन्तरक्रियात्मक कार्यक्रम अझै बढाउन आवश्यक रहेको बताए । कलाकारहरुले आफ्नो तर्फबाट नागरिकलाई निर्वाचनका बारेमा बुझाउने काममा लाग्ने हो भने त्यसले मतदातामा जनचेतना फैलाउन सहयोग पुग्ने उनले बताए ।

अर्का कलाकार दीपक आचार्यले विगत केही समय यता ठूला दलका नेताहरुले चुनाव प्रचारप्रसार गर्ने क्रममा र भोट माग्ने क्रममा मतदाताहरुलाई प्रलोभनमा पार्ने गरेको भन्दै कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

कलाकार दीपाश्री निरौलाले निर्वाचन आइसकेकाले मोबाइलमा निर्वाचन प्रचारप्रसारका रिङटोनहरु राख्न सुझाब दिइन् । मतदातालाई निर्वाचन मतदाता शिक्षामूलक सूचना प्रसारण गर्ने हो भने मोबाइलले पनि धेरै कुरा जानकारी गराउने उनले बताइन् ।

त्यस्तै, कलाकार प्रकाश सपुतले आम नागरिकलाई निर्वाचनका बारेमा सिकाउने कुरामा आफूले निःशुल्क काम गर्ने उद्घोष गरे । निर्वाचन सामग्रीहरु किन राम्रा निर्माण गर्न सकेका छैनौँ भन्ने बारेमा आयोगले सोच्नुपर्ने उनले बताए ।

कार्यक्रममा कलाकार सन्तोष पन्त, किरण केसी, गायक प्रकाश सपुत, गायिका इन्दीरा जोशी, गायिका सुनिता दुलाललगायत अग्रज कलाकारको उपस्थिति थियो ।

यो पनि…
‘मौका पाए कलाकारले राष्ट्र हाँक्न सक्छन्’
‘चुनावका बेला मिथ्या सूचनालाई कुनै हालतमा स्थान दिनुहुँदैन’

प्रेस काउन्सिलले वस्तुगत र विषयगत विधिमार्फत अनुगमन गर्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली