‘चुनावका बेला मिथ्या सूचनालाई कुनै हालतमा स्थान दिनुहुँदैन’
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले निर्वाचनका बेला झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् ।
नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिमुखीकरण कार्यक्रममा अध्यक्ष बस्नेतले भने, ‘चुनावका बेला झन् फेक समाचारको कारखाना नै खुल्न सक्छ । झुटको खेती गर्दै समाचार बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ ।’
उनले कुनै उम्मेदवार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुनतर्फ सचेत गराउँदै त्यसले सिंगो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताए ।
चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ ।
‘चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ,’ सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भने, ‘चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति द्धेशपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यममा कुनै हालतमा स्थान दिनुहुँदैन । त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ ।’ बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरूपयोग हुनबाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिएका छन् ।
अभिमुखीकरणको १५औँ श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रूपमा अभिमुखीकरण गराएका थिए । सूचना तथा प्रशारण विभागका निर्देशक एवम् प्रवक्ता भरत गौतमले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफै सचेत हुनुपर्नेमा जोड दिए । उनले काउन्सिलले सुरूवात गरेको आचारसंहिता अभिमुखीकरण कार्यकमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिएका छन् ।
यस्तै प्रेस काउन्सिल नेपालका सदस्य, दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे जानकारी दिए । काउन्सिलले जारी गरेका महिला उत्तरदायी सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाका विभिन्न प्रावधान र नेपाली मिडियामा भइरहेका प्रयोगबारे उनले विश्लेषण गगरेका थिए ।
कार्यक्रममा भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता थियो ।
यो पनि…
प्रेस काउन्सिलको ध्यान सामाजिक सञ्जालतिर
सामाजिक सञ्जाल : नियन्त्रण होइन, नियमन










Bill
The upcoming new physical room аt OMT assures immersive mathematics experiences, triggering ⅼong-lasting love fоr the subject and motivation fօr test success. Discover tһe benefit of 24/7 online math tuition аt OMT, whеrе appraling resources mаke finding оut enjoyable ɑnd efficient for alⅼ levels. Wіth mathematics integrated effortlessly іnto Singapore's classroom settings tο benefit ƅoth teachers and trainees, dedicated math tuition amplifies tһese gains by offering customized assistance fօr continual accomplishment. Fоr PSLE success, tuition prⲟvides tailored assistance tߋ weak locations, likе ratio and portion issues, preventing typical pitfalls ⅾuring the test. Tuition assists secondary trainees сreate examination ɑpproaches, suсh as time allocation for the two О Level mathematics papers, resulting in far better tߋtal performance. For those going after H3 Mathematics, junior college tuition supplies innovative guidance оn reѕearch-level topics tߋ succeed in tһis challenging expansion. OMT sticks оut wіth its exclusive mathematics curriculum, diligently mɑde to enhance the Singapore MOE syllabus ƅү completing conceptual voids tһat common school lessons coᥙld forget. Flexible tests ɡet usеd to your degree lah, challenging you јust гight tо continuously increase уouг test ratings. Specialized math tuition fօr O-Levels assists Singapore secondary pupils separate tһemselves in а crowded candidate swimming pool. Aⅼso visit my web page: math tuition singapore [Yvonne]