काठमाडौं उपत्यकामा १,९१२ सहित थप ३,५५६ जनामा कोरोना पुष्टि



काठमाडौं उपत्यकामा १ हजार ९ सय १२ सहित नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौंमा १ हजार ५ सय ६७, ललितपुरमा २ सय २३ र भक्तपुरमा १ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख ३ हजार ५ सय ६१ पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ । तीमध्ये १ हजार ८ सय ९९ जना संस्थागत आइसोलेसनमा छन् भने २० हजार ५ सय ३५ जना होम आइसोलेसनमा छन् ।

सोमवार देशभर २ सय ६८ जनाको आइसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७६ पुगेको छ ।

सोमवार देशभरका प्रयोगशालाबाट १२ हजार ४ सय जनाको पीसीआर परीक्षण र ८ सय ९३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये पीसीआर विधिबाट ३ हजार ४ सय ४२ र एन्टिजेन विधिबाट १ सय १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्वास्थ्यलाई राम्रो बनाउन सबैलाई स्वस्थ खानपानसँगै नियमित व्यायाम गर्न सुझाव दिँदै आएको स्वास्थ्य विज्ञहरूले अब राम्रो निद्रालाई बानीमा समावेश गरेका

तपाईँले संसारका सबै तालहरूको बारेमा सुन्नु भएको होला। कोही धेरै ठुला छन् र कोही धेरै साना र गहिरो आकारका छन्।

धेरै जनालाई घर सजाउने मन हुन्छ, जसका कारण घरमा हरियो बिरुवा रोपेर घरको सौन्दर्य बढाउँछन् । यसबाहेक, घरको बाल्कोनी पनि

यदि तपाईँ छालाको हेरचाहमा प्राकृतिक उत्पादनहरू समावेश गर्न चाहनुहुन्छ भने, एलोभेरा उपयुक्त हुन्छ। एलोभेरामा धेरै यस्ता गुणहरू छन् जुन छालाको