English

उपत्यकाका बाणिज्य बैंकले आइतबारदेखि नयाँ नोट दिने



असोज २ गते आइतबारबाट काठमाडौं उपत्यका भित्रका इजाजत प्राप्त ‘क’ वर्गका बाणिज्य बैंकहरुले पनि दशैंको लागि नयाँ नोट सटही गरिदिने भएको छन् ।

नयाँ नोट सटही गर्न सहज होस् भनेर यसवर्ष सम्पूर्ण वाणिज्य बैंकहरुलाई नयाँ नोट उपलब्ध गरिसकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सबै ‘क’ वर्गका बाणिज्य बैंकलाई काठमाडौं उपत्यका भित्रका तोकिएका शाखाबाट कार्यालयहरु मार्फत नयाँ नोट सटहीको व्यवस्था मिलाउन समेत भनेको छ ।

राष्ट्र बैंकका अनुसार रु. ५, १०, २०, ५० र १०० दरको प्रति व्यक्ति बढीमा एकएक प्याकेटका दरले बढीमा साढे १८ हजार रुपैयाँसम्मको सटही सुविधा गराइने छ ।

सर्वसाधरणलाई नयाँ नोट सटहीको लागि काठमाडौं उपत्यका भित्रका कम्तीमा ५ वटा शाखा कार्यालयहरु तोकी आफ्नो वेबसाइट मार्फत सूचना दिन पनि राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई भनेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
२७ अर्बको चामल र १५ अर्बको धान आयात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र